नेभिगेशन
समाज

हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी

शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ । बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बङ्गलादेश ९बीजीबी० का १२० प्लाटुन देशभर खटाएको छ । बीजीबीका अनुसार फरिदपुरको नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो । अवरोध हटाई सवारी आवागमन सञ्चालन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Marvel
Extreme Energy

हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी लिगको प्रभाव क्षेत्र हो । देशका अन्य भागमा पार्टीका कार्यक्रमको प्रभाव कम देखिए पनि त्यहाँ समर्थकहरूले विभिन्न गतिविधि गर्दै प्रदर्शन गरिरहेका छन् ।

हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गरेकी छन् । तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ । ढाकाले सुपुर्दगी सन्धिअन्तर्गत उनलाई फिर्ता पठाउन भारतसँग औपचारिक अनुरोध गरेको छ । भारतले भने सुपुर्दगी र यात्रा कागजातसहित स्वदेश फर्किने विषय फरक रहेको जनाएको छ ।

हसिनाको घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव र सुरक्षा चिन्ता बढाएको छ । सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट सरकार ढलेपछि उनी भारत गएकी थिइन् । सन् २०२६ फेब्रुअरी १२ मा भएको निर्वाचनबाट बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल पत्रकार महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अगाडि धर्ना

नेपाल पत्रकार महासंघद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अगाडि धर्ना

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पु¥याउनेमाथि कारबाही नभएको महासङ्घको...
DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले ल्यायो ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट, एक जनाले बिग बोसको सेट घुम्न पाउने

DGO ले २३ नोभेम्बरमा घोषणा गरेको यस अभियानमा सहभागी हुनेमध्ये हरेक दिन एक जना ग्राहकले आफ्नो त्रैमासिक वा वार्षिक सब्सक्रिप्सन शुल्कको शतप्रतिशत रकम फिर्ता पाउनेछन् ।
भोलि कोशीबाट सुरु हुने भूतपूर्व सैनिक सम्मेलनको उद्देश्य के ?

भोलि कोशीबाट सुरु हुने भूतपूर्व सैनिक सम्मेलनको उद्देश्य के ?

नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेकोे छ ।
मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना

मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना

प्रदर्शनीको अवलोकनका क्रममा वडा सदस्य शेरबहादुर कुमाल, चितवन राष्ट्रिय निकुञ्ज रेन्जर पोस्टका गौरव बोहोरा, नवनियुक्त सुरक्षा इन्चार्ज चुडामणि पौडेल, चितवन राष्ट्रिय निकुञ्जकी पार्वती बुढाथोकी तथा पहाडी जितपुर टोल...