नेभिगेशन
बैंक वित्त

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो । बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरुको विस्तारको कदरस्वरुप उक्त अवार्डहरु प्राप्त गरेको हो । 

Marvel
Extreme Energy

आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदैै आइरहेको छ । 

यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना

मेघौली सराईमा ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी आयोजना

प्रदर्शनीको अवलोकनका क्रममा वडा सदस्य शेरबहादुर कुमाल, चितवन राष्ट्रिय निकुञ्ज रेन्जर पोस्टका गौरव बोहोरा, नवनियुक्त सुरक्षा इन्चार्ज चुडामणि पौडेल, चितवन राष्ट्रिय निकुञ्जकी पार्वती बुढाथोकी तथा पहाडी जितपुर टोल...
यमुना घाटमा प्रवासी चराको चहलपहल

यमुना घाटमा प्रवासी चराको चहलपहल

यमुना किनारमा साइबेरियन सिगल ९ब्ल्याक हेडेड गल र पल्लास गल० तथा ब्राउन हेडेड गललगायतका प्रवासी चराहरू देखिन्छन्। यस्तै, चखेवा ९रुडी शेल्डक०, नर्दन पिनटेल, नर्दन शोभेलर र बार हेडेड...
इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
राप्रपाका क्रियाशील सदस्य घटे

राप्रपाका क्रियाशील सदस्य घटे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ ।