नेभिगेशन
समाज

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख प्रतिपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक वक्तव्यमार्फत कांग्रेस सभापति गगन थापा लगायतलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने र दबाब दिने काम भइरहेको हो भने त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन्।

Marvel
Extreme Energy

हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्न जन्माएको आङ्देम्बेको भनाइ छ। हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको र तयार पारिएको कागज पढ्न बाध्य पारी नमाने फसाइदिने धम्की दिइएको विषय सामान्य नभएको उनले उल्लेख गरेका छन्।

अनुसन्धानको नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको उनको ठहर छ।

प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउने अपेक्षा कमै रहे पनि सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ भन्ने प्रश्न उनले उठाएका छन्। यस्तो गतिविधि भइरहेको भए त्यसले राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर चुनौती खडा गर्ने उनको भनाइ छ।

सत्ता स्थायी नहुने तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्नेमा जोड दिँदै  आङ्देम्बेले आरोपको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको बताउँदै उनले राज्यसत्तालाई निजी प्रतिशोध साँध्ने औजार नबनाउन र सरकारलाई संविधान तथा विधिको शासनअनुसार चल्न ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाका क्रियाशील सदस्य घटे

राप्रपाका क्रियाशील सदस्य घटे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ ।
म्यानमारमा विवाह समारोह र विद्यालयमा सेनाको हवाई आक्रमण, दर्जनौँको मृत्यु

म्यानमारमा विवाह समारोह र विद्यालयमा सेनाको हवाई आक्रमण, दर्जनौँको मृत्यु

म्यानमारमा सैन्य जुन्ताले गरेको शृङ्खलाबद्ध हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ। सेनाले विवाह समारोह चलिरहेको स्थल, विद्यालय र आवासीय क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको हो।
होर्मुज स्ट्रेटमाथि उडिरहेको जासुसी ड्रोन खसालेको इरानको दाबी

होर्मुज स्ट्रेटमाथि उडिरहेको जासुसी ड्रोन खसालेको इरानको दाबी

इरानी सेनाले रणनीतिक महत्त्वको जलमार्ग 'होर्मुज स्ट्रेट' र फारसको खाडीमाथि उडिरहेको एक जासुसी ड्रोनलाई खसालेको दाबी गरेको छ ।
सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् ।