नेभिगेशन
समाज

होर्मुज स्ट्रेटमाथि उडिरहेको जासुसी ड्रोन खसालेको इरानको दाबी

तेहरान । इरानी सेनाले रणनीतिक महत्त्वको जलमार्ग 'होर्मुज स्ट्रेट' र फारसको खाडीमाथि उडिरहेको एक जासुसी ड्रोनलाई खसालेको दाबी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बीबीसी फारसीका अनुसार, इरानको अर्ध-सरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीले सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो । विभागद्वारा जारी विज्ञप्तिमा स्वदेशी प्रविधिमै निर्माण गरिएको वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) को सहायताले उक्त 'शत्रु' ड्रोनको पहिचान गरी आकाशमै नष्ट गरिएको उल्लेख छ ।

Marvel
Extreme Energy

यद्यपि, इरानी सेनाले खसालिएको भनिएको ड्रोन कुन देशको वा कुन प्रकारको हो र यो घटना ठ्याक्कै कति बेला भएको हो भन्नेबारे विस्तृत विवरण खुलाएको छैन ।

पछिल्ला केही हप्तायता इरानले होर्मुज स्ट्रेट र त्यस आसपासका क्षेत्रमा अमेरिकी ड्रोनहरू खसालेको दाबी निरन्तर गर्दै आएको छ । विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने यो संवेदनशील समुद्री मार्गमा पछिल्लो समय सैन्य तनाव बढ्दै गएको छ ।

यसअघि गत शुक्रबार पनि इरानले आफ्नो दक्षिण-पूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा एक 'शत्रु' ड्रोनलाई रोकेर सुरक्षित रूपमा खसालेको जनाएको थियो । इरानको पछिल्लो दाबीबारे अमेरिका वा अन्य कुनै पक्षबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाका क्रियाशील सदस्य घटे

राप्रपाका क्रियाशील सदस्य घटे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ ।
म्यानमारमा विवाह समारोह र विद्यालयमा सेनाको हवाई आक्रमण, दर्जनौँको मृत्यु

म्यानमारमा विवाह समारोह र विद्यालयमा सेनाको हवाई आक्रमण, दर्जनौँको मृत्यु

म्यानमारमा सैन्य जुन्ताले गरेको शृङ्खलाबद्ध हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ। सेनाले विवाह समारोह चलिरहेको स्थल, विद्यालय र आवासीय क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको हो।
सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् ।
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ।