नेभिगेशन
समाज

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

Marvel
Extreme Energy

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन् ।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रुपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ । 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए ।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ।
इजरायलमा सरकार गठनको रस्साकस्सी: नेतन्याहूको आलोपालो प्रस्ताव, आज निर्णायक वार्ता हुँदै

इजरायलमा सरकार गठनको रस्साकस्सी: नेतन्याहूको आलोपालो प्रस्ताव, आज निर्णायक वार्ता हुँदै

इजरायलमा नयाँ सरकार गठनलाई लिएर जारी राजनीतिक रस्साकस्सी निर्णायक मोडमा पुगेको छ।
बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ ।