नेभिगेशन
समाज

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो ।

Marvel
Extreme Energy

जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सदरमुकाम पुगेर सेवा लिन सर्वसाधारणले व्यहोर्नुपर्ने समय र आर्थिक खर्चलाई ध्यानमा राख्दै फेसलेस सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् ।

यस सेवाअन्तर्गत सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कागजात कार्यालयको इमेल ठेगानामा पठाउन सक्नेछन् । कार्यालयमा निवेदन प्राप्त भएको एक घण्टाभित्र आवश्यक सिफारिसपत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा पठाउने व्यवस्था मिलाइएको उनले बताइन् ।

यो सेवा लिन सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी–जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेका खस–आर्य समुदायमध्ये कुनै एकको थर स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ ।

अनलाइन आवेदन गर्दा सम्बन्धित वडा कार्यालयको स्पष्ट व्यहोरासहितको प्रमाणित सिफारिसपत्र, सेवाग्राहीको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रङ्गीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा संलग्न गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

बाढीग्रस्त म्याग्दी र पर्वतको निरीक्षण गर्दै ऊर्जामन्त्रीले भने– 'जलवायु अनुकूल पूर्वाधार अनिवार्य सर्त'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।
कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल

कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल

महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी  गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

भर्खरै