नेभिगेशन
समाज

‘हामी तयार छौँ' अभियानबारे आज केन्द्रीय प्रतिनिधिलाई ब्रिफिङ गर्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे स्पष्ट पार्न पार्टीले आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको बताए ।

Marvel
Extreme Energy

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा हुने अभिमुखीकरण कार्यक्रममा काठमाडौँ उपत्यकामा उपलब्ध अभियानका सम्पूर्ण प्रतिनिधिलाई आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको कार्यवाहक मुख्यसचिव दुलालले बताए । सम्बन्धित प्रतिनिधिलाई जुम बैठकको लिङ्क मोबाइलमा सन्देशमार्फत पठाइने र सोही लिङ्कबाट निर्धारित समयमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।

देशका ७५३ वटै पालिकामा सञ्चालन गरिने अभियानलाई व्यवस्थित, प्रभावकारी र उद्देश्यअनुरूप अघि बढाउन अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने कांग्रेसले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा रास्वपा प्रशिक्षण: सभापति लामिछानेको विशेष सम्बोधनसँगै आज समापन हुँदै

कर्णालीमा रास्वपा प्रशिक्षण: सभापति लामिछानेको विशेष सम्बोधनसँगै आज समापन हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको दोस्रो तथा अन्तिम दिन आज (आइतबार) निर्वाचन रणनीति, नीति तथा वाचापत्र कार्यान्वयन, ब्रान्डिङ तथा प्रचार प्रसार र पार्टी सभापतिको...
सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीयसँग माग्यो सहयोग

सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीयसँग माग्यो सहयोग

नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीय नागरिक तथा जनप्रतिनिधिसँग छलफल गरेको छ।
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै फर्किएर आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहेका छन्।
यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।