नेभिगेशन
समाज

सीमा अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीयसँग माग्यो सहयोग

रौतहट। नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले स्थानीय नागरिक तथा जनप्रतिनिधिसँग छलफल गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा सीमा क्षेत्रका सुरक्षा चुनौती र समाधानका उपायबारे छलफल गरेको हो।

Marvel
Extreme Energy

छलफलमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, चोरीपैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजानाको कारोबार र राजस्व चुहावट नियन्त्रणका विषयमा स्थानीयसँग सुझाव सङ्कलन गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासबाट सम्भव नहुने बताए। यसका लागि स्थानीय नागरिकको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाका प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले पनि सीमा सुरक्षा र अपराध नियन्त्रणमा सुरक्षा निकाय तथा स्थानीयबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै फर्किएर आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहेका छन्।
यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।