नेभिगेशन
समाज

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै फर्किएर आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहेका छन्। विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगे पनि आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको मोहले उनलाई लामो समय विदेश बस्न दिएन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन्। भारतको हिमाचल प्रदेशमा बस्दा स्याउ र किवीखेतीबारे अनुभव बटुलेका उनले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवीखेती थालेका थिए। केही वर्ष कृषि व्यवसाय गरेपछि जापान गएका उनी एक वर्षमै फर्किएर निसीखोला–४ को विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरिरहेका छन्।

Marvel
Extreme Energy

किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधीकरणमा लागेका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनले टिमुरखेती पनि विस्तार गरेका छन्। हाल एउटा गाई पालेका उनले व्यावसायिक बङ्गुरपालन गर्ने तयारी गरेका छन्। त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसकेका छन्।

कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउन र आम्दानी बढाउन सकिने उनको विश्वास छ। पशुपालनबाट प्राप्त मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना रहेको उनले बताए। भारतमा सिकेको कृषि अनुभव र जापान गएर फर्किएपछिको भोगाइलाई आफ्नै माटोमा प्रयोग गरिरहेको उनको भनाइ छ।

कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन्। उनी निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेत हुन्। जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा संलग्न उनले जनप्रतिनिधि आफैँ पनि उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्छन्। वैदेशिक रोजगारीका लागि विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना

देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, आयोजक कर्णाली पदकविहीन

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।
पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

पोखराको दाइँ महोत्सवमा धान चुट्न र गोरु धपाउन रमाए विदेशी पर्यटक

हिमालको पृष्ठभूमिमा खेतमा गोरु नारेर धान चुटिँदै थियो। कोही परालबाट धानका बाला छुट्याउन व्यस्त थिए भने कोही गुन्द्री बुन्न पराल छान्दै थिए। खेतका कान्लामा बसेर नेपालीको परम्परागत कृषि...