नेभिगेशन
समाज

सुकुम्बासी भेट्न भक्तपुरको बोडे पुगिन् मन्त्री प्रतिभा रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्र्रतिभा रावल सुकुम्बासीहरूले आश्रय लिएको ठाउँ भक्तपुरको बोडे पुगेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार त्यहाँस्थित कृषि विकास बैंकको तालिम केन्द्र पुगेमी मन्त्री रावलले सुकुम्बासी समस्या समाधान गर्न आफूहरू तत्पर रहेको बताउँदै सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन्। कोही पनि सुकुम्बासी भूमिबाट वञ्चित नरहने भन्दै उनले जग्गा पाउने आश्वासन दिइन्।

Marvel
Extreme Energy

सरकारले सेल्टरमा बसेकाहरूको पहिचान गरिरहेको र जग्गा नभएकाहरूको हकमा तत्काल व्यवस्थापन गर्ने पनि बताएकी थिइन्। होल्डिङ सेन्टरमा आश्रय लिइरहेकामध्ये ७ परिवारको नाममा जग्गा भेटिएको छ । भूमि व्यवस्थामन्त्री प्रतिभा रावलका अनुसार, जसको नाममा जग्गा देखिएको छ, उनीहरुले अब कुनै सुविधा पाउँदैनन्, सहज रुपमा बाहिरिनुपर्छ । 

त्यस्तै, ५ परिवारले जग्गा पाउने निस्सा प्राप्त गरिसकेका छन् । उनीहरूले लिएको निस्सा भने जग्गा पाउने सुनिश्चिता हो । ‘५ परिवारले जग्गा पाउने निस्सा पाउने निस्सा लिइसकेका छन्, उनीहरुले अब छिट्टै जग्गा पाउनेछन्’ मन्त्री रावलले सिधाकुरासँग भनिन्। 

त्यस्तै बाँकी ७ परिवारको पनि निस्सा तयार भइसकेको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । सरकारले होल्डिङ सेन्टरमा आश्रय लिइरहेकाले शुक्रबार सेल्टर छाड्न भनेको थियो। सरकारले आफूहरूलाई जबरजस्ती लखेट्न खोजेको भन्दै उनीहरू आन्दोलित भए। अभियन्ताहरूले पनि उनीहरूको आन्दोलनमा साथ दिन थालेपछि सहजीकरणका लागि मन्त्री रावल आफैँ बोडे पुगेकी हुन्। त्यहाँ पुगेर उनले सरकारले विधिसम्मत तरिकाले समस्या समाधान गर्ने बताएकी थिइन्।

‘जसले निस्सा पाउनु भएको छ र जो जसको निस्सा तयार छ, उहाँहरूले सेल्टरबाट निस्कँदा ३ महिनाको घरभाडा पनि पाउनुहुन्छ,’ मन्त्री रावलले भनिन् । मन्त्री रावलले निस्सा नलिएकाहरूलाई तत्काल निस्सा लिन पनि आग्रह गरिन्। 

सरकारले गत वैशाखमा बागमतीसहित उपत्यकाका नदी किनार अतिक्रमण गरी बसेकाहरुलाई हटाउँदै सेल्टरमा राखेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम गाँठोः कस्सिँदै कि खुस्किँदै ?  किन जेलिँदैछ अनुसन्धान ?

इनम गाँठोः कस्सिँदै कि खुस्किँदै ?  किन जेलिँदैछ अनुसन्धान ?

अनुसन्धानमा इनमसँगको कनेक्सन पाइएको भन्दै प्रहरीले लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट र कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ परेका छन् । प्रहरीले इनमसँगै जोडेर उनीहरुविरुद्ध पनि...
काठमाडौँमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

काठमाडौँमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

पक्राउपर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ का ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोटका ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ का २६...
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको...
बालेनले टुनामुना र तन्त्रमन्त्र लगाएर सरकार चलाइरहेका छन्ः योगेश भट्टराई

बालेनले टुनामुना र तन्त्रमन्त्र लगाएर सरकार चलाइरहेका छन्ः योगेश भट्टराई

शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्र्तक्रिया नगर्ने बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन् ।...

भर्खरै