नेभिगेशन
समाज

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले टिकट लिएका छन् । टिकट काटेका यात्रुलाई बोकेर रेल जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको उनले बताए । 

Marvel
Extreme Energy

रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै अब यात्रुले टिकट प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ । अनलाइनमार्फत टिकट लिन चाहने यात्रुले भारतको टिकट प्रणालीबाट बुकिङ गर्न सक्नेछन् भने नेपालबाटै टिकट लिन चाहने यात्रुका लागि जनकपुरधाम रेल्वे स्टेसनमा टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए । 

उनका अनुसार जनकपुरधामबाट अयोध्यासम्मको यात्राका लागि स्लीपर श्रेणीको रु ५८४, वातानुकूलित तेस्रो श्रेणी इकोनोमीको रु एक हजार ४१६, वातानुकूलित तेस्रो श्रेणीको रु एक हजार ५४४ र वातानुकूलित दोस्रो श्रेणीको रु दुई हजार १७६ भाडा निर्धारण गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ भने शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ । निर्धारित तालिका अनुसार नियमित सञ्चालन हुने सेवाले दुवै देशका यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रबन्ध सञ्चालक पराजुलीले यस व्यवस्थाले नेपाली यात्रुलाई टिकट प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिनसक्ने व्यवस्था गरिएको छ ।

जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा वातानुकूलित दोस्रो श्रेणीका दुई, वातानुकूलित तेस्रो श्रेणीका तीन, तेस्रो इकोनोमी श्रेणीका तीन, स्लीपर श्रेणीका सात र एसएलआरका दुई डिब्बा समावेश छन् । विभिन्न श्रेणीका डिब्बाको व्यवस्था गरिएकाले यात्रुले आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार यात्रा गर्न सक्नेछन् ।

विशेषगरी त्रेतायुगीन रामायण संस्कृतिसँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो रेल सेवाले दुवै देशका तीर्थयात्रीलाई सहज आवागमनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ । करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको विहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । 

रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनीको व्यवस्था गरिएको प्रबन्ध सञ्चालक पराजुलीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले टुनामुना र तन्त्रमन्त्र लगाएर सरकार चलाइरहेका छन्ः योगेश भट्टराई

बालेनले टुनामुना र तन्त्रमन्त्र लगाएर सरकार चलाइरहेका छन्ः योगेश भट्टराई

शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्र्तक्रिया नगर्ने बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन् ।...
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएकाले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन्...
गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन, बिरामीको सुरक्षा, उपचार सेवा तथा बिचौलियाको प्रभावबारे चासाे

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन, बिरामीको सुरक्षा, उपचार सेवा तथा बिचौलियाको प्रभावबारे चासाे

उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिए ।
हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले भने, “हाम्रा उम्मेदवारलाई जिताउनु वा नजिताउनुको कर्णालीको विकाससँग कुनै साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ। चाहे जीवनभर हारौँ,...

भर्खरै