नेभिगेशन
समाज

कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएकाले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफुहरुले न्याय पाउने उनको भनाइ छ ।

Marvel
Extreme Energy

उनले सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म पक्षमा फैसला भयो भन्दै दाबी गर्नुको औचित्य नरहेको स्पष्ट पारे । महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढेको महतले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन, बिरामीको सुरक्षा, उपचार सेवा तथा बिचौलियाको प्रभावबारे चासाे

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन, बिरामीको सुरक्षा, उपचार सेवा तथा बिचौलियाको प्रभावबारे चासाे

उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिए ।
हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भनेर कर्णालीसँग सौदाबाजी गर्न आएका होइनौँः रवि लामिछाने

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले भने, “हाम्रा उम्मेदवारलाई जिताउनु वा नजिताउनुको कर्णालीको विकाससँग कुनै साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ। चाहे जीवनभर हारौँ,...
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी

सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको (१३२ औँ संशोधन) विधेयक, २०२६ र व्यवस्थापिकामा महिलाहरूलाई ३३ प्रतिशत आरक्षण प्रदान गर्न नारी शक्ति वन्दन अधिनियम पनि स्वीकृत गरेको...
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

भर्खरै