नेभिगेशन
समाज

बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

सीमा समस्या कूटनीतिक छलफलबाट समाधान गरिने

काठमाडौं । भारतले नेपाललाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा भैरहवाको हवाई रुट उपलब्ध गराउने सहमति भएको एक अधिकारीले जानकारी दिए।

Marvel
Extreme Energy

दुई प्रधानमन्त्रीबीचको संयुक्त पत्रकार सम्मेलनमा भने हवाई रुटबारे औपचारिक घोषणा गरिएको थिएन। छलफलका क्रममा भारतले भैरहवाका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको ती अधिकारीले बताए।

त्यस्तै, नेपाल–भारतबीच देखिएका सीमा समस्यालाई पनि कूटनीतिक छलफलमार्फत समाधान गर्ने सहमति भएको छ। दुई देशबीचको सीमा विवाद र समस्यालाई वार्ता तथा कूटनीतिक माध्यमबाट अघि बढाउने समझदारी भएको अधिकारीको भनाइ छ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि पश्चिमतर्फबाट सहज हवाई प्रवेश रुट नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा विस्तारमा समस्या हुँदै आएको छ। भारतबाट हवाई रुटको सहमति जुटेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, रेल सेवा तथा आर्थिक सहयोगलगायत विषयमा पनि सहमति र घोषणा भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ...
प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

नेपाल र भातरबीच आज यहाँस्थित हैदरावाद हाउसमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले उनका भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका हुन् ।
निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउने कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले  राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा...

भर्खरै