नेभिगेशन
समाज

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

ललितपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको बताएकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उनले कर्मचारीतन्त्रमा देखिएको चलखेल र सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतका विकृति अन्त्य गरिने दृढता व्यक्त गरिन् ।

Marvel
Extreme Energy

निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउने कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले  राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताइन् । 

मन्त्री रावलले भनिन्, “राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ, त्यो विकृति हटाउने गरी संसद्मा विद्येयक दर्ता गरिएको छ, संसद् सुरु हुने बित्तिकै छलफलमा आउँछ, निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पुरा गर्नुपर्छ ।”
 
निजामती ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको बताउँदै उनले यो सेवामा प्रवेश गर्नेलाई परम्परागत गलत अभ्यास त्याग्ने सन्दर्भमा उच्च तहका कर्मचारीबाटै सुरु गरिनुपर्ने धारणा राखिन् ।

कानुन विपरीतका काम गर्न दबाब आए त्यसलाई अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत रूपमा काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट गरिन् ।  

उनले भनिन्, “राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुन विपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ ।”

उनले सार्वजनिक सेवामा सामान्य कामसमेत पुरा गर्न सेवाग्राहीले लामो समय कुर्नु, बिचौलियाको सहारा लिन र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्थाले नागरिकमा निरासा बढाएकाले त्यस्तो प्रवृत्ति अन्त्य हुन पर्नेमा जोड दिइन् । 

मन्त्री रावलले राज्यबाट जनतालाई प्रदान गरिने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी रुपमा उपलब्ध गराउने काम कर्मचारीको मुख्य दायित्व भएको बताइन्।

उनले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताइन् । 

उनले नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र देशप्रतिको जिम्मेवारीलाई निरन्तर कायम राख्दै निजामती सेवाप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गरिन् । 

आजबाट छ महिनसम्म सञ्चालन हुने सेवाकालीन तालिममा परराष्ट्र सेवाका ९ जना, लेखापरीक्षण समूहका ११ जना, सङ्घीय संसद् सेवाका ४ जना, सामान्य प्रशासनतर्फका १२८ जना र राजश्वतर्फका ३७ जना गरी १८९जना अधिकृत सहभागी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

नेपाल र भातरबीच आज यहाँस्थित हैदरावाद हाउसमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले उनका भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका हुन् ।
जिपको ढोका खुलेर खस्दा ५८ वर्षीय योञ्जनको मृत्यु

जिपको ढोका खुलेर खस्दा ५८ वर्षीय योञ्जनको मृत्यु

सिन्धुलीमा गुडिरहेको बोलेरो जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।
भारतसँग भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छः बालेन

भारतसँग भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छः बालेन

आज भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्ने, युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्ने, विद्यार्थीका सपनामा नयाँ सम्भावना विस्तार हुनुपर्ने तथा उद्यमीले...
बालेनको तारिफ गर्दै मोदीले भने–विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो

बालेनको तारिफ गर्दै मोदीले भने–विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो

“केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो । आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट...

भर्खरै