नेभिगेशन
समाज

यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय

काठमाडौँ । मन्त्रिपरिषदले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाका अनुसार मन्त्रिपरिषदले भ्रमण स्वीकृतिसँगै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

Marvel
Extreme Energy

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय
– २०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।

– चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने।

– अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

– नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।

– राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने।

– ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ स्वीकृत गर्ने।

– राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई नगद राहत

भोटेकोशी बाढीपीडितलाई नगद राहत

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले नोभेम्बर २२ देखि २३ सम्म भारतको दुईदिने राजकीय भ्रमण गर्न लागेका...
यस्तो छ प्रधानमन्त्री शाहको २ दिने भारत भ्रमणको तालिका

यस्तो छ प्रधानमन्त्री शाहको २ दिने भारत भ्रमणको तालिका

प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहित ३४ जना सहभागी हुनेछन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणः सरकारी टोलीमा ३४ जना, निजी क्षेत्रका ५२ उद्योगी व्यवसायी सहभागी हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणः सरकारी टोलीमा ३४ जना, निजी क्षेत्रका ५२ उद्योगी व्यवसायी सहभागी हुने

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् । भ्रमणमा ३४ जनाको सरकारी टोली नेपालबाट जाने...