नेभिगेशन
समाज

यस्तो छ प्रधानमन्त्री शाहको २ दिने भारत भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार  भारतको राजकीय भ्रमणमा  जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्र मन्त्रालयका अनुसार  उनी नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । 

Marvel
Extreme Energy

प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहित ३४ जना सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने कार्यक्रम छ ।  

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशङ्करले पनि शिष्टाचार भेट गर्नेछन्।

सांस्कृतिक निकटता तथा जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री शाहको भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ । 

त्यस क्रममा दुई देशबीचको बहुआयामिक सहकार्यको समीक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको  छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनको भारत भ्रमणः सरकारी टोलीमा ३४ जना, निजी क्षेत्रका ५२ उद्योगी व्यवसायी सहभागी हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणः सरकारी टोलीमा ३४ जना, निजी क्षेत्रका ५२ उद्योगी व्यवसायी सहभागी हुने

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् । भ्रमणमा ३४ जनाको सरकारी टोली नेपालबाट जाने...
प्रतितोला १२ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला १२ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ ।
रास्वपा सभापति रवि लामिछाने, गगन थापा र केपी ओली किन जुट्दैछन् छलफलमा?

रास्वपा सभापति रवि लामिछाने, गगन थापा र केपी ओली किन जुट्दैछन् छलफलमा?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सँगै छलफलमा जुट्दैछन्।
#Exclusive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?

#Exclusive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?

यिनीहरू दण्डसजायको भागिदार हुन्छन् कि हुँदैन? परिवार पाल्न खाडीको हपहपाउँदो गर्मीमा पसिना चुहाउँदै, न्यून बेतनमा कठिन शारीरिक श्रम गर्दै परिवार पाल्न मरिमेटिरहेका र देशको अर्थतन्त्रको मेरूदण्ड बनिरहेको विप्रेषण...