नेभिगेशन
समाज

रास्वपा सभापति रवि लामिछाने, गगन थापा र केपी ओली किन जुट्दैछन् छलफलमा?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सँगै छलफलमा जुट्दैछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा यो संयोग जुर्न लागेको हो।

Marvel
Extreme Energy

स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न शुक्रबार निर्वाचन आयोगले सबै दलका प्रमुखहरूलाई छलफलमा बोलाएको छ।

एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली नै सहभागी हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

‘निर्वाचन आयोगले पार्टी अध्यक्षहरूलाई नै छलफलमा बोलाएको छ,अध्यक्ष नै जानुहुन्छ, ’ उनले भने।

रास्वपाका तर्फबाट सभापति लामिछाने, कांग्रेस सभापति गगन थापा छलफलमा सहभागी हुनेछन्।

त्यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरू पनि छलफलमा सहभागी हुनेछन्। आगामी वैशाखमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल पूरा हुँदैछ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति सुझावको गृहकार्य गरिरहेको छ।

यसै सन्दर्भमा राजनीतिक दलहरूसँग राय लिन सबैसँग सामूहिक छलफल गर्न लागेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला १२ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला १२ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ ।
#Exclusive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?

#Exclusive: मन्त्रालयबाट गायब पारिएको श्रमिक ठगीको प्रतिवेदनमा के छ?

यिनीहरू दण्डसजायको भागिदार हुन्छन् कि हुँदैन? परिवार पाल्न खाडीको हपहपाउँदो गर्मीमा पसिना चुहाउँदै, न्यून बेतनमा कठिन शारीरिक श्रम गर्दै परिवार पाल्न मरिमेटिरहेका र देशको अर्थतन्त्रको मेरूदण्ड बनिरहेको विप्रेषण...
धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, ६ घाइते हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, ६ घाइते हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।