नेभिगेशन
समाज

युक्रेन युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न युरोपेली नेताहरु तयार

बर्लिन । युरोपेली नेताहरूले युक्रेनमा युद्ध अन्त्य गर्न रुससँग प्रत्यक्ष वार्ताको प्रक्रियामा सहभागी हुन तयार रहेको बताएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बर्लिन र डब्लिनमा भएका पछिल्ला उच्चस्तरीय बैठकहरूपछि युरोपेली देशहरूले युक्रेनको भविष्य तथा युरोपको सुरक्षासँग जोडिएका कुनै पनि छलफलबाट बाहिर नबस्ने स्पष्ट सन्देश दिएका छन्।

Marvel
Extreme Energy

जर्मनीको राजधानी बर्लिनमा सम्पन्न युक्रेनका सहयोगी देशहरूको समूह 'कोएलिशन अफ द विलिङ'को बैठकमा जर्मन चान्सलर फ्रिड्रिख मर्त्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, बेलायती प्रधानमन्त्री एन्डी बर्नम तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी भएका थिए।

बेलायती प्रधानमन्त्री एन्डी बर्नमले वार्ताको विषयमा युरोपको अडान स्पष्ट, साझा र एकताबद्ध रहेको बताए।

बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतहरू जेरेड कुशनर र स्टिभ विटकफ पनि सहभागी थिए। उनीहरूले चीनको शेनझेनमा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको पछिल्लो भेटवार्ताबारे युरोपेली नेताहरूलाई जानकारी गराए। जेरेड कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युरोपलाई समेत साथमा लिएर रुससँग सम्झौता गर्न इच्छुक छन्।

कोएलिशन अफ द विलिङको बैठकमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आगामी शान्ति वार्ता युक्रेन, युरोप, अमेरिका र रुस गरी चारै पक्षबिच हुनुपर्ने प्रस्ताव राखेका छन् । डब्लिन शिखर सम्मेलनमा युरोपेली सङ्घका नेताहरूले वार्ताका लागि आफ्नै आधिकारिक टोली बनाउने सहमति पनि जनाएका छन्।

जर्मन चान्सलर फ्रिड्रिख मर्त्जले अमेरिका र रुसजस्ता ठुला शक्तिहरूले युक्रेन र युरोपलाई पन्छाएर गर्ने कुनै पनि गोप्य वा एकपक्षीय सम्झौता ('याल्टा-स्टाइल' स्वरूप) ले दिगो शान्ति ल्याउन नसक्ने चेतावनी दिए। उनले युक्रेन र युरोप वार्ताको टेबुलमा अनिवार्य रूपमा सँगै रहनुपर्नेमा जोड दिए।

चान्सलर मर्त्जले रुसले राखेका 'धेरैजसो माग' व्यावहारिक नभएको टिप्पणी गरे।

अमेरिकी दूत जेरेड कुशनरका भनाइमा अमेरिकाले युक्रेनलाई नाटोको 'आर्टिकल ५' सरहको सुरक्षा ग्यारेन्टी दिने विषयमा विचार गरिरहेको छ र रुस पनि यसप्रति सकारात्मक देखिएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसका कडा सर्तहरूलाई मध्यनजर गर्दै युक्रेनलाई नाटोमा समावेश गर्ने विषयमा पुनः गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

बैठकपछि जर्मनी, फ्रान्स, बेलायत र युक्रेनको संयुक्त वक्तव्यमा शान्ति प्रक्रिया र युद्धविरामका लागि प्रमुख सर्तहरू अघि सारिएको छ । 

जसमा बल प्रयोग गरेर अन्तर्राष्ट्रिय सिमाना परिवर्तन गर्न पाइँदैन र आफ्नो सुरक्षा गठबन्धन रोज्ने युक्रेनको सार्वभौम अधिकार सुरक्षित रहनुपर्छ।

युद्धविरामको प्रारम्भिक कदम स्वरूप रुसले जाडोयाममा ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्नुपर्ने (एनर्जी सीजफायर) तथा कृष्ण सागर (ब्ल्याक सी) मा खाद्यान्न निर्यातका लागि सुरक्षित मार्ग दिनुपर्छ।

रुसले युद्ध रोकेर भएको क्षतिको क्षतिपूर्ति नतिरेसम्म रुसका जफत गरिएका सरकारी सम्पत्तिहरू फ्रिज नै रहनुपर्छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन र युरोपेली सुरक्षाका विषयमा वार्ता जारी राख्न रुस तयार रहेको र युरोपेली प्रतिनिधिको अनुपस्थितिमा यस्ता छलफल अधुरा हुने बताएका छन्। यद्यपि, उनले वार्ता सुरु गर्ने कुनै ठोस समयसीमा भने तोकेका छैनन्, र विगतमा अमेरिकाको अगुवाइमा भएका कतिपय पहलहरूमा युरोपको भूमिकालाई लिएर रुसले असहमति जनाउँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
कृषिमन्त्री चौधरी र नर्वेकी वातावरणमन्त्री आस्लान्डबीच द्विपक्षीय भेटवार्ता

कृषिमन्त्री चौधरी र नर्वेकी वातावरणमन्त्री आस्लान्डबीच द्विपक्षीय भेटवार्ता

टर्कीको अन्तालियामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्री सिग्रुन ग्जेर्लो आस्लान्डबीच द्विपक्षीय भेटवार्ता भएको...
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
साउदी अरबको राजधानीमा हुथी विद्रोहीको आक्रमण

साउदी अरबको राजधानीमा हुथी विद्रोहीको आक्रमण

साउदी अरबको राजधानी रियादमा बिहीबार हुथी विद्रोहीको आक्रमणमा एक भवनमा क्षति पुगेको छ।