नेभिगेशन
समाज

अर्थमन्त्रीको निर्देशनमा भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द, अपारदर्शी सरुवाबारे छानबिन सुरु

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागमातहतका २७२ जना अधिकृत र नायब सुब्बाको सरुवा रद्द भएको छ । भन्सार विभागले गत कात्तिक २० गते ६९ जना अधिकृत र २०३ जना नायब सुब्बाको विभागअन्तर्गतका कार्यालयहरूमा सरुवा गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, सरुवा पारदर्शी नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री डा.वाग्लेले सबै तहको सरुवा रद्द गर्न सोमबार निर्देशन दिएका थिए । “सरुवा पारदर्शी र न्यायोचित नभएको भन्ने गम्भीर सूचना र उजुरी प्राप्त भएका कारण तत्काल उक्त सरुवा निर्णय रद्द गर्नू,” अर्थमन्त्रीले मन्त्रालय र विभागको नेतृत्वलाई भने, “पारदर्शी र प्रविधिमैत्री प्रणाली विकास गरेर नयाँ विधिबाट सरुवा गर्नू ।”

Marvel
Extreme Energy

अर्थमन्त्रीको निर्देशनपछि सोमबार नै निमित्त अर्थसचिव डा.सुमन दाहालले सरुवा निर्णय रद्द गर्न भन्सार विभागलाई लिखित पत्राचार गरेका थिए । त्यसपछि भन्सार विभागले सरुवा रद्द गरेको हो ।

मन्त्रालयको लिखित निर्देशनपछि कात्तिक २० गते सरुवा भएका ६९ जना अधिकृत र २०३ जना नायब सुब्बाको सरुवा रद्द भएको भन्सार विभागले जनाएको छ । अब मन्त्रालयले विकास गर्ने प्रविधिमैत्री प्रणालीमा टेकेर मापदण्डका आधारमा विभागले नयाँ सरुवा गर्नेछ।

साथै, सरुवा अपारदर्शी भएको सन्दर्भमा छानबिन गर्न पनि अर्थमन्त्री डा.वाग्लेले मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिएका छन् । मन्त्रालयले यस सन्दर्भमा आन्तरिक छानबिनसमेत सुरु गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ

सहायक रथी बस्नेत सेनापतिको सचिवालयमा, प्रवक्तामा श्रेष्ठ

हालका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा लगेर अर्का सहायक रथी राजेन्द्र श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय जंगी अड्डाले गरेको छ ।
पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित

समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन्।
महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति गर्न ३ अर्ब बढीको ठेक्का

कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति गर्न ३ अर्ब बढीको ठेक्का

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत ४१ किलोमिटर सडक स्तरोन्नति हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको...