नेभिगेशन
समाज

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषित

काठमाडौँ । सरकारले चार जिल्लाका ५ पालिकालाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन्। योसँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको सरकारले जनाएको छ। 

Marvel
Extreme Energy

भूमि समस्या समाधान समितिका अनुसार हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

सरकारले अब देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिँदै सरल, सहज र छरितो प्रक्रियामार्फत लालपुर्जा वितरण गर्ने अभियानलाई अघि बढाउने जनाएको छ।

सरकारले नागरिकको वर्षौंदेखिको भूमि समस्या समाधान गरी उनीहरूलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने लक्ष्यसहित यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, एक लाखभन्दा बढीको क्षति

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, एक लाखभन्दा बढीको क्षति

राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै वटा कुन्यू पूर्ण रूपमा जलिसकेका थिए भने आगो निभिसकेको थियो ।
भिमफेदी दुर्घटनाका पीडितलाई सभामुख अर्यालले भने– कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ

भिमफेदी दुर्घटनाका पीडितलाई सभामुख अर्यालले भने– कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ

“तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी व्यवस्था छैन भने पनि अन्य निकायबाट...
मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु

मुगुमा ६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु

दुर्घटनामा घाइते भएका तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
छठ पहाड उक्लिँदैछ, तराई झर्दैछ तीज

छठ पहाड उक्लिँदैछ, तराई झर्दैछ तीज

रास्वपा नेता एवं सांसद मनिष झाको अनुभवमा ‘छठ पर्व पहाड उक्लिएको छ, तीज मधेश झरेको छ।’ छठ पर्वले देशका सबै समुदायलाई एकताबद्ध बनाउन सहयोग गरिरहेको उनको बुझाइ छ...