नेभिगेशन
समाज

ऊर्जा मन्त्री श्रेष्ठको निरन्तरको पहलले पायो सार्थकता, भारतले दियो ३५० मेगावाट विजुली, हिउँदमा लोडसेडिङ नहुने

भारतीय राजदूत दलेलाले मन्त्री श्रेष्ठलाई गराए जानकारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत हिउँदयाममा नेपाललाई ३५० मेगावाट विजुली उपलब्ध गराउन तयार भएको छ । भारतीय राजदूत सुधाकर दलेलाले आज मन्त्री श्रेष्ठलाई ऊर्जा मन्त्रालयमा भेट गरी भारतले नेपाललाई हिउँदयाममा ३५० मेगावाट विजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनकाअनुसार राजदूत दलेलाले भोटेकोशी नदीमा आएको बाढीले नेपालको विद्युत पूर्वाधारमा क्षति पुगेकाले हिउँदमा नेपालको विद्युत मागलाई भारतले गम्भीरतापूर्वक लिई आवश्यक विजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराए । 

Marvel
Extreme Energy

गत भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत पूर्वाधार र संरचनामा क्षति पुग्दा ४३१ मेगावाट विजुली प्रणाली बाहिर छ । त्यसपछिको कालीगण्डकी र बुढीगण्डकी बाढीले पनि विद्युत पूर्वाधारमा क्षति पुगेको छ । विपद्पछि विद्युत माग धान्न ऊर्जा मन्त्री श्रेष्ठले छिमेक भारतबाट विजुली ल्याउन पहल थालेका थिए । उनले आफ्नो सचिवालय र मन्त्रालय मातहत निकाय तथा नेपाल विद्युत प्राधिकरणलाई परिचालन गरेका थिए । मन्त्री श्रेष्ठले हिउँदमा विद्युत् आपूर्तिका लागि प्राधिकरणका सञ्चालक समिति सदस्यसहित आफ्नो सचिवालयका सदस्यलाई दुईपटक दिल्ली पठाएका थिए । उक्त सम्वादमा भारतले नेपाललाई कति विजुली दिने भन्ने मोडालिटी टुंगिएको थियो । 

केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा  पनि मन्त्री श्रेष्ठले विजुलीको सहज आपूर्तिका विषयमा छलफल गरेका थिए । त्यसअघि नेपाल आएका भारतीय ऊर्जा सचिवसँग पनि ऊर्जा मन्त्रालयका अधिकारीले यो विषयमा छलफल गरेका थिए । विदेश सचिव मिश्री भारत फर्किएलगत्तै ३५० मेगावाट विजुली दिने निर्णय भएको हो । 

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा मन्त्री श्रेष्ठ पनि नयाँदिल्ली जाँदै छन् । भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपालको माग धान्ने गरी विजुली उपलब्ध गराउने अनुमति दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ०८३ मंसिर १ गतेदेखि २०८४ साउन १५ गतेसम्म भारतीय बजारबाट विद्युत् आयात अनुमति प्राप्त भएको बताए । ‘मन्त्रीज्यू र उहाँको टिम, मन्त्रालय र विद्युत प्राधिकरणबाट चरणबद्ध सम्वादपछि भारतले सुख्खायामको पिक आवरमा ३५० मेगावाट विजुली उपलब्ध गराउने भएको छ । यसले हिउँदमा माग धान्न मद्दत गर्छ । आपूर्ति व्यवस्थापन सहज हुनेछ,’ उनले भने । 

कार्यकारी निर्देशक श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत आयात गर्ने अनुमतिसँगै नेपालले पनि थप ५६ मेगावाट विजुली भारत निर्यात गर्ने स्वीकृत पाएको बताए ।

कसरी आयात हुन्छ विजुली ?

भारतले मंगलबार नेपाल विद्युत् प्राधिकरणलाई हिउँदयाममा ३५० मेगावाटसम्म विद्युत् आयात गर्न र थप ५६ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको छ । यससँगै नेपाल–भारतबीच विद्युत् व्यापारमा थप सहज हुनुका साथै आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतबाट आयातको अवसर विस्तार हुनु र थप विद्युत् निर्यातको अनुमति प्राप्त हुनुले नेपाल–भारत ऊर्जा व्यापारमा सकारात्मक प्रगति भएको छ । यसले हिउँदयामको आपूर्ति व्यवस्थापनसँगै नेपालको विद्युत् निर्यात क्षमता उपयोगमा समेत सहयोग पुग्ने देखिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको छ । यो अनुमति आगामी साउन १५ गतेसम्म कायम रहनेछ ।

अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् आयात गर्न सकिने छ ।

हिउँदयाममा आन्तरिक विद्युत् उत्पादन घट्ने र माग उच्च रहने भएकाले आपूर्ति व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ । 

यसैगरी, नेपालले थप ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित उक्त विद्युत् आगामी साउन १५ गतेसम्म भारतमा निर्यात गर्न सक्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट, ऊर्जा सहकार्य विस्तारमा जोड

ऊर्जा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट, ऊर्जा सहकार्य विस्तारमा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।
सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

सर्लाहीमा कार र अटो एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
जुनसुकै बेला आन्दोलन हुन सक्छ, तयारी अवस्थामा रहनू : ओली

जुनसुकै बेला आन्दोलन हुन सक्छ, तयारी अवस्थामा रहनू : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीतिगत सुधार र सुशासनका कारण राजस्व सङ्कलनमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन्।

भर्खरै