नेभिगेशन
समाज

इरानले अमेरिकामा ‘डर्टी बम’ आक्रमणको योजना बनाएको अमेरिकी गुप्तचरको आशङ्का

एजेन्सी। अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी इरानले ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सीएनएनले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन। तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ। यद्यपि, यस्तो योजना कार्यान्वयन गर्न आवश्यक जनशक्ति इरानसँग छ वा छैन भन्नेमा अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको स्रोतले जनाएको छ।

Marvel
Extreme Energy

अमेरिकाभित्र बम बनाउन प्रयोग गर्न सकिने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचर निकायले प्राप्त गरेको स्रोतले बताएको छ। त्यस्तो पदार्थलाई परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ।

‘डर्टी बम’ विस्फोट हुँदा रेडियोधर्मी वा अन्य हानिकारक पदार्थ फैलिन सक्छ। यसले मानिसलाई बिरामी पार्नुका साथै प्रभावित क्षेत्रमा त्रास फैलाउन र बसोबासमा अवरोध पुर्‍याउन सक्छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जयानीसँग कुराकानी गर्दै बहराइनमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन्। उनले खाडी क्षेत्रका साझेदारहरूको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धता दोहोर्‍याएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्व लामो युद्धमा परिणत नहुने बताएका छन्। फक्स न्युजसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भए पनि मध्यपूर्वमा लामो सैन्य प्रतिबद्धता कायम राख्ने अमेरिकी नीति नरहेको स्पष्ट पारे।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुकूल परिणामसहित द्वन्द्व अन्त्य गर्ने विश्वास पनि भान्सले व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू च्यासल पुग्दै (तस्बिरहरू)

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू च्यासल पुग्दै (तस्बिरहरू)

नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठकमा सहभागी हुन नेताहरू पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्न थालेका छन्।
कोस्टारिकामा पत्रकारको गोली हानी हत्या

कोस्टारिकामा पत्रकारको गोली हानी हत्या

लागुऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्ध सार्वजनिक गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको राजधानी सान जोसेनजिकै गोली हानी हत्या गरिएको छ ।
यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा  सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ...
चर्को आवाज निकाल्ने ४ सय बढी मोटरसाइकललाई कारबाही

चर्को आवाज निकाल्ने ४ सय बढी मोटरसाइकललाई कारबाही

रातको समयमा चर्को आवाज निकालेर तीव्र गतिमा मोटरसाइकल चलाउने गरेको सर्वससाधारणको गुनासो बढेपछि ट्राफिक कार्यालयले विशेष अभियानलाई तीव्रता दिएको हो ।