नेभिगेशन
समाज

सीजी इम्पेक्स बन्यो वस्तु व्यापारतर्फ उत्कृष्ट करदाता

काठमाडौँ । सरकारले विभिन्न क्षेत्रका २० उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर दाखिला गरी राज्यको राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले उद्योग, व्यापार, बैंकिङ, बीमा, पर्यटन, ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य तथा शैक्षिक क्षेत्रलगायतका विभिन्न विधामा उत्कृष्ट करदाता छनोट गरी सम्मान गरेको छ ।

Marvel
Extreme Energy

निकायहरूतर्फ सूर्य नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ भने एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल सम्मानित भएको छ । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सम्मान प्राप्त गरेका छन् ।

त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाता बनेका छन् । पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि सम्मानित भएका छन् ।

ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड र व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् ।

यसैगरी, मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिष्टिलरी लिमिटेड, विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि, जीवन बीमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमा क्षेत्रतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्मान पाएका छन् ।

लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाता बनेको छ भने विशेष सम्मान भाटभटेनी सुपर मार्केटले प्राप्त गरेको छ ।

विभागले वार्षिक कारोबारका आधारमा पनि दुई कम्पनीलाई सम्मान गरेको छ । ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड र ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएका छन् ।

राष्ट्रिय कर दिवसको अवसरमा प्रदान गरिएको सम्मानले करदातालाई करप्रति थप जिम्मेवार बनाउनुका साथै नियमित रूपमा कर दाखिला गर्ने व्यवसाय तथा संस्थालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सूर्य नेपाल बन्यो आर्थिक वर्ष २०८१/८२ को उत्कृष्ट करदाता

सूर्य नेपाल बन्यो आर्थिक वर्ष २०८१/८२ को उत्कृष्ट करदाता

त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाता...
करदाता प्रोत्साहन उपहार कार्यक्रम :  यी हुन् १० देखि १ लाखसम्म जित्ने १६ जना

करदाता प्रोत्साहन उपहार कार्यक्रम :  यी हुन् १० देखि १ लाखसम्म जित्ने १६ जना

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि ३० गतेसम्म दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेता घोषणा भएका छन् ।
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
कोप-३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन

कोप-३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन

तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई...