नेभिगेशन
समाज

चर्को आवाज निकाल्ने ४ सय बढी मोटरसाइकललाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलविरुद्धको विशेष अभियानलाई तीव्रता दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रातको समयमा चर्को आवाज निकालेर तीव्र गतिमा मोटरसाइकल चलाउने गरेको सर्वससाधारणको गुनासो बढेपछि ट्राफिक कार्यालयले विशेष अभियानलाई तीव्रता दिएको हो ।

Marvel
Extreme Energy

गत बुधबारदेखि मंगलबारसम्मको एक हप्ताको अवधिमा ४ सय १ वटा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए । ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीले यसलाई एउटा अभियानको रूपमा सञ्चालन गरिरहेको उनले बताए । 

स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने सवारीसाधनहरूको जरिवाना यातायात व्यवस्था कार्यालयले गर्ने भएकाले ट्राफिक प्रहरीले चिट काटेर सवारीसाधनलाई नियन्त्रणमा लिई शोरुमको अवस्थामा फर्काउनका लागि विभागमा नै पठाउने गरेको काफ्लेले बताए । 

सडकमा कुनै पनि नागरिकलाई ध्वनि प्रदूषणका कारण दुर्घटना वा स्वास्थ्यमा कुनै जोखिम नहोस् र अनावश्यक रूपमा ध्वनि प्रदूषण खेप्नु नपरोस् भन्ने उद्देश्यले विशेष अभियानलाई तीव्रता दिइएको ट्राफिक कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा  सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ...
सीजी इम्पेक्स बन्यो वस्तु व्यापारतर्फ उत्कृष्ट करदाता

सीजी इम्पेक्स बन्यो वस्तु व्यापारतर्फ उत्कृष्ट करदाता

त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेड र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाता...
सूर्य नेपाल बन्यो आर्थिक वर्ष २०८१/८२ को उत्कृष्ट करदाता

करदाता प्रोत्साहन उपहार कार्यक्रम :  यी हुन् १० देखि १ लाखसम्म जित्ने १६ जना

करदाता प्रोत्साहन उपहार कार्यक्रम :  यी हुन् १० देखि १ लाखसम्म जित्ने १६ जना

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि ३० गतेसम्म दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेता घोषणा भएका छन् ।