नेभिगेशन
समाज

कोस्टारिकामा पत्रकारको गोली हानी हत्या

एजेन्सी। लागुऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्ध सार्वजनिक गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको राजधानी सान जोसेनजिकै गोली हानी हत्या गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रमुख राउल रिभेराका अनुसार सोमबार सान्टो डोमिङ्गो डे हेरेडिया सहरमा गाडी चलाइरहेका ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए । उहाँले यसअघि लागुऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएको बताएका थिए ।

Marvel
Extreme Energy

रोड्रिगेजले लागुऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिबीच सम्बन्ध रहेको दाबी गर्दै आउनुभएको थियो । राष्ट्रपति लौरा फर्नान्डिजले हत्याको निन्दा गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात बताउनुभएको छ । गत वर्ष आफ्नो घर तस्करको पैसाबाट बनेको आरोप लगाएपछि उनले रोड्रिगेजविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।

पत्रकार सङ्घले घटनाको शीघ्र अनुसन्धान गर्न माग गरेको छ । पछिल्ला वर्षमा कोस्टारिका लागुऔषध तस्करीको प्रमुख केन्द्र बन्दै गएको छ । महान्यायाधिवक्ता कार्लो डियाजले हत्याको अनुसन्धान सुरु भएको जनाउँदै रोड्रिगेजले साक्षी संरक्षण कार्यक्रममा सहभागी हुन अस्वीकार गर्नुभएको जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू च्यासल पुग्दै (तस्बिरहरू)

एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू च्यासल पुग्दै (तस्बिरहरू)

नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठकमा सहभागी हुन नेताहरू पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्न थालेका छन्।
इरानले अमेरिकामा ‘डर्टी बम’ आक्रमणको योजना बनाएको अमेरिकी गुप्तचरको आशङ्का

इरानले अमेरिकामा ‘डर्टी बम’ आक्रमणको योजना बनाएको अमेरिकी गुप्तचरको आशङ्का

अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी इरानले ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सीएनएनले...
यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा  सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ...
चर्को आवाज निकाल्ने ४ सय बढी मोटरसाइकललाई कारबाही

चर्को आवाज निकाल्ने ४ सय बढी मोटरसाइकललाई कारबाही

रातको समयमा चर्को आवाज निकालेर तीव्र गतिमा मोटरसाइकल चलाउने गरेको सर्वससाधारणको गुनासो बढेपछि ट्राफिक कार्यालयले विशेष अभियानलाई तीव्रता दिएको हो ।