नेभिगेशन
समाज

नापजाँच भएको १० वर्षपछि महोत्तरीका १९६ परिवारले पाए लालपुर्जा

महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिका–२ का १९६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारले यससँगै आफूले भोगचलन गर्दै आएको जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।

Marvel
Extreme Energy

साविक एकडारा गाविसका वडा नम्बर ५, ७, ८ र ९ मा पर्ने उक्त क्षेत्रको नापजाँच २०७३ सालमै सम्पन्न भएको थियो। तर नापनक्साको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा नहुँदा लालपुर्जा वितरण हुन सकेको थिएन।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १९६ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका हुन्।

लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारलाई जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्न सहज हुनेछ। उनीहरूले जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्नेछन् भने जग्गाको स्वामित्वसम्बन्धी विवाद निरुपण गर्न पनि सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति गर्न ३ अर्ब बढीको ठेक्का

कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति गर्न ३ अर्ब बढीको ठेक्का

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत ४१ किलोमिटर सडक स्तरोन्नति हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको...
एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमालेका नवनियुक्त तीन केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्।
पाँचखालको रिसोर्टबाट किन पक्राउ परे ३६ चिनियाँ नागरिक ?

पाँचखालको रिसोर्टबाट किन पक्राउ परे ३६ चिनियाँ नागरिक ?

काभ्रेपलाञ्चोकको पाँचखालस्थित एक रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा ?

राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा ?

राजसंस्था समर्थक पुरानो  पार्टी राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।