नेभिगेशन
समाज

पाँचखालको रिसोर्टबाट किन पक्राउ परे ३६ चिनियाँ नागरिक ?

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालस्थित एक रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Marvel
Extreme Energy

सोमबार दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको टोलीले रिसोर्टमा चेकजाँच गरेको थियो।

त्यसक्रममा ३१ पुरुष र पाँच महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ।

रिसोर्टमा चेकजाँच गर्दा दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेको छ। ती उपकरण के प्रयोजनका लागि प्रयोग भइरहेका थिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ।

नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको गतिविधि, उनीहरूले प्रयोग गरिरहेका विद्युतीय उपकरण र रिसोर्टमा भइरहेको गतिविधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

नेकपा एमालेका नवनियुक्त तीन केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्।
राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा ?

राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा ?

राजसंस्था समर्थक पुरानो  पार्टी राप्रपामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
ऊर्जामन्त्री श्रेष्ठको पहलले पायो सार्थकता, भारतले दियो ३५० मेगावाट बिजुली, हिउँदमा लोडसेडिङ नहुने

ऊर्जामन्त्री श्रेष्ठको पहलले पायो सार्थकता, भारतले दियो ३५० मेगावाट बिजुली, हिउँदमा लोडसेडिङ नहुने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत हिउँदयाममा नेपाललाई ३५० मेगावाट विजुली उपलब्ध गराउन तयार भएको छ ।
ऊर्जा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट, ऊर्जा सहकार्य विस्तारमा जोड

ऊर्जा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट, ऊर्जा सहकार्य विस्तारमा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।