नेभिगेशन
समाज

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषदले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने राजकीय भारत भ्रमणलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृतसँगै नेपाली प्रतिनिधमण्डल गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको राजकीय भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले नोभेम्बर २२ देखि २३ सम्म भारतको दुईदिने राजकीय भ्रमण गर्न लागेका हुन् ।

Marvel
Extreme Energy

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् । भ्रमणमा ३४ जनाको सरकारी टोली नेपालबाट जाने छ भने भारतस्थित नेपाली दूतावासबाट केही सदस्य थपिने परराष्ट्र सचिव अमृत राइले जानकारी दिए । परराष्ट्र सचिव राइका अनुसार निजी क्षेत्रबाट पनि ५२ जनाको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजसमेत आयोजना गर्नेछन् । यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल र भारतबीच लामो समयदेखि सभ्यतागत सम्बन्ध, सांस्कृतिक निकटता तथा जनस्तरको गहिरो सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने र पारस्परिक लाभका क्षेत्रमा साझेदारी अघि बढाउने अवसरका रूपमा भ्रमणलाई लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबारनै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय

यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय

त्यस्तै बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता...
भोटेकोशी बाढीपीडितलाई नगद राहत

भोटेकोशी बाढीपीडितलाई नगद राहत

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।
यस्तो छ प्रधानमन्त्री शाहको २ दिने भारत भ्रमणको तालिका

यस्तो छ प्रधानमन्त्री शाहको २ दिने भारत भ्रमणको तालिका

प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहित ३४ जना सहभागी हुनेछन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणः सरकारी टोलीमा ३४ जना, निजी क्षेत्रका ५२ उद्योगी व्यवसायी सहभागी हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणः सरकारी टोलीमा ३४ जना, निजी क्षेत्रका ५२ उद्योगी व्यवसायी सहभागी हुने

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् । भ्रमणमा ३४ जनाको सरकारी टोली नेपालबाट जाने...