नेभिगेशन
समाज

महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

मोदी र बालेनले गरे ११० मिटर लामो पुलको संयुक्त उद्घाटन, भारतको ३२ करोड ९८ लाख भारु लगानी

काठमाडौँ । नेपाल र भारतलाई महाकाली नदीमाथि जोड्ने ११० मिटर लामो मोटरेबल पुल सोमबारदेखि सञ्चालनका लागि तयार भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पुल उद्घाटन गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी पुल निर्माण गरिएको हो। महाकाली नदीमाथि बनेको यो पुलले दुवै देशका सीमावर्ती बस्तीबीच आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।

Marvel
Extreme Energy

पुल उद्घाटनलाई लक्षित गरी स्थानीयस्तरमा सजावट गरिएको थियो। पुल निर्माणको सम्पूर्ण खर्च भारत सरकारले बेहोरेको हो। भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड, पञ्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँ लागतमा पुल निर्माण गरेको हो।

तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले २०८० असोज ३ गते पुलको शिलान्यास गरेका थिए।

पुल सञ्चालनमा आएपछि दार्चुला र आसपासका पहाडी क्षेत्रका बासिन्दालाई भारतसँगको आवागमनमा सहजता हुनेछ। सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवतजावत, व्यापार तथा सामाजिक सम्बन्ध विस्तारमा पनि यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

पुलसँगै दुवै देशले आवश्यक सीमा व्यवस्थापनको तयारीसमेत गरेका छन्। नेपालतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालय स्थापना गरी सञ्चालन गर्ने तयारी गरिएको छ। यसले पुलबाट हुने आवागमनलाई व्यवस्थित गर्न तथा सीमा सुरक्षा र भन्सार जाँचलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

नेपाल र भारतबीच सीमावर्ती क्षेत्रमा सडक तथा पुल पूर्वाधार विस्तार हुँदै जाँदा स्थानीय नागरिकको आवागमनसँगै पर्यटन र व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। महाकाली नदीमाथिको यो पुलले दार्चुला र उत्तराखण्डबीचको सम्पर्कलाई थप सहज बनाउने विश्वास दुवै पक्षले लिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मोदी र बालेनले दिल्लीबाट गरे उद्घाटन, अयोध्याबाट जनकपुरका लागि छुट्यो रेल

मोदी र बालेनले दिल्लीबाट गरे उद्घाटन, अयोध्याबाट जनकपुरका लागि छुट्यो रेल

भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने सिधा रेल सेवा सोमबारदेखि सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा ‘सरयू–कमला...