नेभिगेशन
समाज

एमालेसँग मिलेर स्थानीय र प्रदेश चुनाव लड्ने सहमति भइसकेको छ– प्रचण्ड

सडक र सदनमा पनि सहकार्य गर्ने, कम्युनिस्ट पार्टी एउटै केन्द्रमा ल्याउने प्रस्ताव; ओलीलाई सहमत गराउन कठिन भइरहेको स्वीकार

गोरखा  । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय भइसकेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखाको बाह्रकिलोमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले एमाले र नेकपा मशालसहितका कम्युनिस्ट शक्तिसँग सडक, सदन र निर्वाचनमा सहकार्य गर्ने सहमति भएको बताए। उनले यसलाई चुनावी तालमेलमा मात्र सीमित नराखी कम्युनिस्ट पार्टीहरूबीच एकतासम्म लैजानुपर्ने प्रस्तावसमेत अघि सारे।

Marvel
Extreme Energy

‘नेकपा एमाले, नेकपा मशालहरूसँग हामीले सहकार्य गरेर जाने सहमति भइसकेको छ। सडक र सदनमा मिलेर जाने कुरा भएको छ र आउँदो स्थानीय र प्रदेश चुनावमा मिलेरै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ उनले भने।

प्रचण्डले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादको दिशामा अघि बढ्न विभिन्न कम्युनिस्ट पार्टी एउटै केन्द्रमा आउनुपर्ने बताए।

‘हाम्रो कोसिस सहकार्य मात्र होइन, पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलन रक्षाका लागि, स्वाधीनता रक्षाका लागि र समाजवादको दिशामा अघि बढ्न कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ भन्ने हो,’ उनले भने।

उनका अनुसार साना–ठूला कम्युनिस्ट पार्टी र समूहसँग एकता तथा सहकार्यका लागि छलफल भइरहेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएको उमा भुजेल नेतृत्वको समूहसँग केही दिनअघि एकता गरिएको उनले जानकारी दिए।

‘उमा भुजेलको नेतृत्वमा विप्लवजीको बहुमत जिल्ला र नेताहरू संलग्न समूहसँग केही दिनअघि एकता गरिएको छ,’ उनले भने, ‘अरूसँग पनि छलफल सकारात्मक छ, एमालेका नेताहरूसँग पनि।’

एमालेसँग सहकार्यको वातावरण बनाउन छलफल भइरहे पनि अध्यक्ष केपी शर्मा ओलीलाई सहमत गराउन सहज नभएको उनले स्वीकार गरे।

‘यद्यपि केपी ओलीजीलाई कुरा बुझाउन सजिलो त भइराखेको छैन। तर पनि हामी सहकार्य र एकता गरेर जानुपर्छ,’ उनले भने।

प्रदेशको सहकार्य निर्वाचनसम्म विस्तार गर्ने तयारी

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहकार्य यसअघि नै प्रदेश सरकारमा सुरु भइसकेको छ। गत साउनमा एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच प्रदेशमा सत्ता सहकार्य गर्ने तीनबुँदे सहमति भएको थियो।

उक्त सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने समझदारी बनेको थियो। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिता टुङ्ग्याउने सहमति थियो।

त्यसबेला भएको सहकार्यलाई प्रदेश सरकार सञ्चालनमा मात्र सीमित नराखी सदन, सडक र आगामी निर्वाचनसम्म विस्तार गर्ने विषयमा दुवै दलका नेताले धारणा राख्दै आएका थिए।

दुवै दलले स्थानीय तथा जिल्ला तहका कमिटीमार्फत चुनावी सहकार्यको आधार तयार पार्ने गृहकार्यसमेत थालेका थिए। प्रचण्डको पछिल्लो अभिव्यक्तिले उक्त गृहकार्यलाई चुनावी सहकार्यको नीतिगत निर्णयका रूपमा अघि बढाउन खोजेको देखिन्छ।

यद्यपि, कुन निर्वाचन क्षेत्रमा कुन दलले उम्मेदवारी दिने, सिट बाँडफाँट कसरी गर्ने र उम्मेदवार छनोटको प्रक्रिया कस्तो हुने भन्ने विषय टुङ्गिएको छैन।

कांग्रेस र मधेसकेन्द्रित दलसँग पनि मोर्चाबन्दीको प्रयास

प्रचण्डले एमालेसहित कम्युनिस्ट शक्तिसँग मात्र नभई संविधानसभा र शान्ति सम्झौतामा सहभागी अन्य राजनीतिक शक्तिसँग पनि सहकार्यको प्रयास भइरहेको बताए।

नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा तथा मधेसकेन्द्रित दलका नेताहरूसँग निरन्तर छलफल भइरहेको उनको भनाइ छ।

‘गगन थापाजी, शेरबहादुर देउवाजी र मधेसकेन्द्रित दलका नेताहरूसँग लगातार छलफल भइरहेको छ। हामी मिलेरै जानुपर्छ, मोर्चा गरेर जानुपर्छ भन्नेमा विमति छैन,’ उनले भने।

संविधान र संघीयताको रक्षा गर्न राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच एकता र एमालेसँग चुनावी सहकार्यको प्रस्ताव अघि सारिरहँदा कांग्रेस तथा मधेसकेन्द्रित दलसँग पनि मोर्चाबन्दीको प्रयास भइरहेको बताएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
बालेनले मोदीलाई के उपहार दिए ?

बालेनले मोदीलाई के उपहार दिए ?

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्ताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच उपहार आदानप्रदान भएको छ।
जीवाश्म इन्धनको विवादले कोप–३१ मा साझा निर्णय हुन सकेन

जीवाश्म इन्धनको विवादले कोप–३१ मा साझा निर्णय हुन सकेन

कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनबाट संक्रमण गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा साझा राजनीतिक निर्णय पारित हुन सकेन।
हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भइरहेको छ।