नेभिगेशन
समाज

भारत भ्रमणबारे रवि लामिछानेलाई बालेनको साढे ३ घण्टा ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो आसन्न भारत भ्रमणबारे रास्वपा सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन भारतको दुई दिने राजकीय भ्रमणका लागि आइतबार दिउँसो नयाँ दिल्ली जाँदैछन् । 

Marvel
Extreme Energy

आज दिउँसो मन्त्रिपरिषदको बैठक लगत्तै आफ्नो भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री बालेन रास्वपा सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवास पुगेका थिए । भ्रमणबारे उनीहरुबीच करिव साढे तीन घण्टा छलफल भएको थियो । 

सो अवसरमा प्रधानमन्त्री बालेनले भ्रमणको कार्यसूची, तालिका र त्यसक्रममा हुनसक्ने सहमतिका बारेमा सभापति लामिछानेलाई जानकारी गराएको रास्वपा उच्च स्रोतले जानकारी दिएको छ । 

सभापति लामिछानेले यसअघि आफूले गरेको भारत भ्रमणका क्रममा आपसी सहयोग र सहकार्यका विभिन्न विषयमा छलफल भएको र त्यसलाई सरकारी च्यानलबाट कार्यान्वयनमा ल्याउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको बुझिएको छ । त्यस्तै, देशको हित र आवश्यकताका आधारमा सहमति गर्न पनि लामिछानेले सुझाव दिए ।  

प्रधानमन्त्री बालेनले देशको हित अनुकूल हुने गरी नै सरकारले भ्रमणको कार्यसूची बनाएको जवाफ दिएको बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

विश्वभर डिजिटल सरकारी सेवाको विकास र विस्तार भइरहे पनि देशहरूबीच डिजिटल पहुँच र विकासको असमानता अझै कायम रहेको संयुक्त राष्ट्रसङ्घको सर्वेक्षणले देखाएको छ।
फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट,  के भयो कुराकानी ?

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट, के भयो कुराकानी ?

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीले शिष्टाचार भेट गरेका छन्।