नेभिगेशन
समाज

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीले शिष्टाचार भेट गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सांसद बेआत्रिस पिरोन, उपाध्यक्ष सांसद ग्राजिएला मेल्कियर  र नेपालका लागि फ्रान्सेली राजदूत फ्राँस्वाज पुइग–उन्जा सहभागी थिए।

Marvel
Extreme Energy

भेटमा मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनमा भएका प्रदर्शनका घटनाप्रति चिन्ता व्यक्त गरिन्। फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालमा हालै भएको प्राकृतिक विपद्प्रति समवेदना व्यक्त गरेको थियो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय संसद्सँग समन्वय गर्ने मन्त्रालय भएकाले भेटमा नेपाल र फ्रान्सका संसदीय प्रक्रिया तथा अभ्यासबारे अनुभव आदानप्रदान भएको थियो। विशेषगरी कानून निर्माणमा सांसदहरूले प्रविधिको प्रयोग गर्ने तरिका र विधेयक पारित गर्न संसद्मा अपनाइने प्रक्रियाबारे छलफल भएको थियो।

फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको थियो।

भेटमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

विश्वभर डिजिटल सरकारी सेवाको विकास र विस्तार भइरहे पनि देशहरूबीच डिजिटल पहुँच र विकासको असमानता अझै कायम रहेको संयुक्त राष्ट्रसङ्घको सर्वेक्षणले देखाएको छ।
स्थानीय तह सबल हुँदा विकासले गति लिन्छ : ओली

स्थानीय तह सबल हुँदा विकासले गति लिन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह बलियो हुँदा विकास निर्माणले गति लिने बताएका छन्। उनले स्थानीय तहलाई थप अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपालगञ्जमा किन भयो रगत अभाव ?

नेपालगञ्जमा किन भयो रगत अभाव ?

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण- यी हुन एजेण्डा

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण- यी हुन एजेण्डा

प्रधानमन्त्री  बालेन शाहको आगामी भारत भ्रमण द्विपक्षीय आर्थिक सहकार्य, व्यापार, लगानी, ऊर्जा र पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ।