नेभिगेशन
समाज

प्रमुख दल र निर्वाचन आयोगबीच के भयो छलफल ?

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक–फरक समयमा गर्ने भन्ने विषयमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न सकिने सम्भावनाका साथै आर्थिक एवं व्यावहारिक पक्षबारे पनि छलफल भएको जानकारी दिए ।  यी विषयमा सहमतिमा निर्णय हुनुपर्नेमा शीर्ष नेताहरूले जोड दिएको पनि उनले बताए । 

Marvel
Extreme Energy

उच्चस्तरीय राजनीतिक संयन्त्रमा निर्वाचनसम्बन्धी विषयमा छलफल गरी सहमति खोजिने, आवश्यकतानुसार  संविधान वा कानुन संशोधनका लागि राजनीतिक संवाद गर्ने, विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने, प्रविधिमैत्री निर्वाचन प्रणाली अपनाउने र बदर मत घटाउने विषयमा पनि छलफल भएको खरेलको भनाइ छ । 

त्यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलसँग आयोगले संवाद गर्नु सकारात्मक भएको बताए । निर्वाचन खर्च र व्यावहारिकताका हिसाबले स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने अभ्यास रहे पनि दुवै तहका जनप्रतिनिधिको कार्यकाल फरक समयमा सकिने भएकाले विशेष परिस्थिति उत्पन्न भएको उनको भनाइ छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै तहको निर्वाचन एकैपटक गर्दा पाँच वर्षे कार्यकाल पूरा गर्नुपर्नेलगायत संवैधानिक विषयमा आगामी बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको बताए । विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आफूहरू सकारात्मक रहेको उनको भनाइ थियो । 

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरूले निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र हालसम्मको तयारीबारे दलका शीर्ष नेताहरूलाई जानकारी दिएका थिए । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गते र प्रदेशसभा सदस्यको कार्यकाल २०८४ साल चैत ५ गते  पूरा हुँदैछ । कानुनी व्यवस्थानुसार दुवै तहको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि गर्नुपर्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रजोनिवृत्तिबारे मौनता तोडौँ

रजोनिवृत्तिबारे मौनता तोडौँ

के तपाईंलाई पहिलेभन्दा बढी झर्को लाग्न थालेको छ? के तपाईंको आमालाई परिवारका लागि जीवनभर मेहनत गर्दै सहजै उक्लिने गरेका सिँढीहरू चढ्न अहिले कठिन भइरहेको छ? के तपाईंकी श्रीमतीलाई...
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले पार्टीले उठाउदै आएको एजेण्डा र विचारलाई पुस्तान्तरणको आवश्यकता रहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विचारलाई नयाँ पुस्ताको जोस, जागर...
ज्ञानेन्द्र शाहीको अध्यक्ष उम्मेदवारी अपिल : पुस्तान्तरणसँगै पार्टी अब रूपान्तरण

ज्ञानेन्द्र शाहीको अध्यक्ष उम्मेदवारी अपिल : पुस्तान्तरणसँगै पार्टी अब रूपान्तरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्दै पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणको अभियानमा साथ दिन अपिल गरेका...