नेभिगेशन
समाज

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले पार्टीले उठाउदै आएको एजेण्डा र विचारलाई पुस्तान्तरणको आवश्यकता रहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विचारलाई नयाँ पुस्ताको जोस, जागर र ऊर्जासँग जोड्ने तथा अग्रजहरूको अनुभव र युवाहरूको सामथ्र्यलाई एउटै ठाउँमा उभ्याउने समय उनले बताए । 

Marvel
Extreme Energy

मङ्सिर २६, २७ र २८ गते हुन गइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशनमा सबैलाई समेट्दै पार्टी अध्यक्षको उम्मेदवारका रूपमा अगाडि बढ्ने निर्णयमा पुगेको र सो अभियानमा साथ, समर्थनका लागि उनले अपील गरे । 

उनले आफ्नो अभियान अभियान व्यक्तिगत पद प्राप्तिको नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणको अभियान रहेको स्पष्ट पारे । विचार, सिद्धान्त र राजनीतिक मान्यता नमिल्ने दलहरूसँग पटक–पटक चुनावी समीकरण तथा तालमेल गर्ने र सत्ता समीकरणको खेलमा अल्झिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उनले बताए । 

शाहीले वर्षौँदेखि पार्टीको झन्डा बोकेर हिँडेका, आफ्नो विचार र आस्थाका कारण समाजमा अपहेलित हुनुपरेका तथा अवसर र जिम्मेवारीबाट वञ्चित युवालाई चुप लागेर नबस्न आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ज्ञानेन्द्र शाहीको अध्यक्ष उम्मेदवारी अपिल : पुस्तान्तरणसँगै पार्टी अब रूपान्तरण

ज्ञानेन्द्र शाहीको अध्यक्ष उम्मेदवारी अपिल : पुस्तान्तरणसँगै पार्टी अब रूपान्तरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्दै पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणको अभियानमा साथ दिन अपिल गरेका...
राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे ज्ञानेन्द्र शाहीले

राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे ज्ञानेन्द्र शाहीले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले पार्टीको विचार र एजेन्डालाई नयाँ पुस्तासँग जोड्दै पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय

यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय

त्यस्तै बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता...
भोटेकोशी बाढीपीडितलाई नगद राहत

भोटेकोशी बाढीपीडितलाई नगद राहत

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।