नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहीको अध्यक्ष उम्मेदवारी अपिल : पुस्तान्तरणसँगै पार्टी अब रूपान्तरण

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्दै पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणको अभियानमा साथ दिन अपिल गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाहीले महाधिवेशन लक्षित अपिल जारी गर्दै अग्रज नेताहरूको अनुभव र नयाँ पुस्ताको जोस, जाँगर तथा ऊर्जालाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन्।

Marvel
Extreme Energy

आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारका रूपमा अगाडि बढ्ने निर्णय गरेको उल्लेख गर्दै शाहीले आफ्नो अभियान व्यक्तिगत पद प्राप्तिका लागि नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणका लागि भएको बताएका छन्।

उनले दशकौँदेखि पार्टीको नीति, सिद्धान्त र विचारका लागि संघर्ष गरेका नेता तथा कार्यकर्ताको योगदान स्मरण गरेका छन्। निर्वाचन, आन्दोलन र राजनीतिक उतारचढावका क्रममा पार्टीका नेता तथा कार्यकर्ताले घरबार गुमाउने, घाइते हुने, यातना भोग्ने र ज्यानसमेत गुमाउने अवस्था आएको भन्दै उनले उनीहरूको त्याग र निष्ठाप्रति सम्मान व्यक्त गरेका छन्।

शाहीले पार्टीले लामो समयदेखि बोकेको विचारलाई नयाँ पुस्ताको ऊर्जा र सामर्थ्यसँग जोड्ने समय आएको बताएका छन्। अग्रजको अनुभव र युवाको क्षमता एक ठाउँमा ल्याएर पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उनको भनाइ छ।

‘पुस्तान्तरणसँगै रूपान्तरण, रूपान्तरणसँगै वैचारिक पुनर्जागरण’ नारासहित अघि बढेको अभियानमा उनले पार्टीका अग्रज, सहकर्मी, समर्थक, शुभचिन्तक तथा देश–विदेशमा रहेका राष्ट्रवादीहरूलाई साथ, समर्थन र आशीर्वाद दिन आग्रह गरेका छन्।

शाहीको उम्मेदवारी घोषणाले राप्रपाको आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहसलाई थप अगाडि बढाउने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले पार्टीले उठाउदै आएको एजेण्डा र विचारलाई पुस्तान्तरणको आवश्यकता रहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विचारलाई नयाँ पुस्ताको जोस, जागर...
राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे ज्ञानेन्द्र शाहीले

राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे ज्ञानेन्द्र शाहीले

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले पार्टीको विचार र एजेन्डालाई नयाँ पुस्तासँग जोड्दै पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय

यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय

त्यस्तै बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता...
भोटेकोशी बाढीपीडितलाई नगद राहत

भोटेकोशी बाढीपीडितलाई नगद राहत

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।