नेभिगेशन
समाज

स्थानीय तह सबल हुँदा विकासले गति लिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह बलियो हुँदा विकास निर्माणले गति लिने बताएका छन्। उनले स्थानीय तहलाई थप अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्नेमा जोड दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको सुदृढीकरणको सुरुवात एमालेले गरेको दाबी गरे।

Marvel
Extreme Energy

‘स्थानीय तहको सबलीकरणका कुरा गर्दा एमालेको ०५१ सालको सरकारलाई भुल्नु हुँदैन,’ उनले भने, ‘त्यतिबेला जनश्रमदान गरेर गाउँगाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो।’

स्थानीय तह सबल हुँदा देशलाई कुनै हानि नहुने भन्दै ओलीले स्थानीय सरकारलाई स्वायत्तता दिनुपर्ने बताए। स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्ने उनको भनाइ छ।

‘स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ। सक्षम स्थानीय तहबाटै जनताले संघीयताको अनुभूति गर्न पाउँछन्,’ ओलीले भने।

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू सबै गाउँगाउँ पुग्न सम्भव नहुने भन्दै उनले राज्यको प्रतिनिधिका रूपमा स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोसम्म पुग्नुपर्ने बताए।

भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने क्रम जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

डिजिटल शासनमा दक्षिण कोरिया पहिलो, नेपालसहित विश्वभर डिजिटल असमानता कायम

विश्वभर डिजिटल सरकारी सेवाको विकास र विस्तार भइरहे पनि देशहरूबीच डिजिटल पहुँच र विकासको असमानता अझै कायम रहेको संयुक्त राष्ट्रसङ्घको सर्वेक्षणले देखाएको छ।
फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट,  के भयो कुराकानी ?

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र कानूनमन्त्री गौतमबीच भेट, के भयो कुराकानी ?

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीले शिष्टाचार भेट गरेका छन्।
नेपालगञ्जमा किन भयो रगत अभाव ?

नेपालगञ्जमा किन भयो रगत अभाव ?

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण- यी हुन एजेण्डा

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण- यी हुन एजेण्डा

प्रधानमन्त्री  बालेन शाहको आगामी भारत भ्रमण द्विपक्षीय आर्थिक सहकार्य, व्यापार, लगानी, ऊर्जा र पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ।