नेभिगेशन
समाज

बालेनले मोदीलाई के उपहार दिए ?

नयाँ दिल्ली । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्ताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच उपहार आदानप्रदान भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री मोदीले त्रिवेणीको गङ्गाजल भरिएको धातुको कलश उपहार दिएका छन् भने प्रधानमन्त्री शाहले काठमाडौँको पशुपतिनाथ मन्दिरको रुद्राक्षको माला र चन्दन (तथा प्रसाद सामग्री) उपहार प्रदान गरेका छन् ।

Marvel
Extreme Energy

मोदीले त्रिवेणीबाट ल्याइएको गङ्गाजल विशेष कलश/पात्रमा राखी प्रधानमन्त्री बालेन्द्र शाहलाई उपहार दिएका हुन्।

प्रधानमन्त्री शाहले पशुपतिनाथ मन्दिरको रुद्राक्षको माला र चन्दन विशेष बाकसमा राखी प्रधानमन्त्री मोदीलाई प्रदान गरेका हुन्। उपहार सेटमा रुद्राक्ष, शालिग्राम र चन्दन समावेश छ। साथै दूतावासका तर्फबाट मच्छिन्द्रनाथ सम्बन्धी उपहार पनि प्रदान गरिएको छ। 

उपहार आदानप्रदान लगत्तै हैदराबाद हाउसमा दुई देशका नेताहरूबीच द्विपक्षीय सम्बन्ध, सहकार्य, सम्पर्क विस्तार तथा आपसी हितका विषयमा छलफल भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
जीवाश्म इन्धनको विवादले कोप–३१ मा साझा निर्णय हुन सकेन

जीवाश्म इन्धनको विवादले कोप–३१ मा साझा निर्णय हुन सकेन

कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनबाट संक्रमण गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा साझा राजनीतिक निर्णय पारित हुन सकेन।
हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भइरहेको छ।
बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अहिले हैदराबाद हाउसमा अहिले भेटवार्ता भइरहेको छ। दुई पक्षीय छलफलमा हवाई रूटका विषयमा ब्रेक थ्रु हुने नेपाली...