नेभिगेशन
समाज

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार नयाँदिल्लीस्थित राजघाटमा पुगी महात्मा गान्धीप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यहाँस्थित आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै प्रधानमन्त्री शाहले नेपाल र भारत भूगोलले मात्र नभई आस्था, आत्मीयता र मित्रताको साझा विरासतले बाँधिएको उल्लेख गरे। गान्धीको कालजयी भावनाको सम्मान गर्दै उनले आपसी सम्मान, इमानदारी र अटल विश्वासका साथ दुई देशबीचको यो दिगो सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

Marvel
Extreme Energy

यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा 'गार्ड अफ अनर' सहित औपचारिक स्वागत गरिएको थियो। राजघाटको कार्यक्रमपछि उनले हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय छलफल गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा विशेष समारोहका गार्ड अफ अनर प्रदान गरिएको छ।
निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।
अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, सन् १९९२ यताकै ठूलो बहुमत हासिल

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, सन् १९९२ यताकै ठूलो बहुमत हासिल

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ ।
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन्...