नेभिगेशन
समाज

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, सन् १९९२ यताकै ठूलो बहुमत हासिल

वासिङ्टन । अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०१८ को मध्यावधि निर्वाचनमा प्राप्त ४० सिटको उपलब्धिलाई उछिन्दै यसपटक डेमोक्रेटले अहिलेसम्म ४४ सिट जितेका हुन् ।

Marvel
Extreme Energy

उत्तरी क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार चक हबार्डले रिपब्लिकन प्रतिनिधि भर्जिनिया फक्सलाई ३३० मतले पराजित गरेपछि पार्टीको सिट सङ्ख्या २५८ पुगेको हो ।

सीबीएस न्युजका अनुसार ४३५ सदस्यीय प्रतिनिधिसभामा डेमोक्रेटले पाएको यो बहुमत पार्टीको अपेक्षाभन्दा बढी हो । अझै चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेकाले थप सिट जित्ने सम्भावना छ । रिपब्लिकनले भने कम्तीमा १७३ सिट पाउने निश्चित भएको छ ।

सभामुख बन्ने तयारीमा रहेका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले यस शताब्दीमा अमेरिकी काङ्ग्रेसमा कुनै पनि पार्टीले हासिल गरेको यो सबैभन्दा ठूलो बहुमत भएको बताएका छन् ।

निर्वाचन परिणामले अमेरिकामा विभाजित सरकारको अवस्था सिर्जना गरेको छ । डेमोक्रेटले सिनेटमा नियन्त्रण कायम राखेका छन् भने रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा छन् । डेमोक्रेटले बढ्दो जीवनयापन खर्च सम्बोधन गर्ने १०० दिने कार्यसूची बनाउनुका साथै ट्रम्प प्रशासनमाथि व्यापक निगरानी गर्ने तयारी गरेको सीबीएस न्युजले जनाएको छ । एएनआई

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन्...
ट्रम्पको दाबी: इरानले अहिलेसम्म ८१ हजार प्रदर्शनकारी मारेको छ

ट्रम्पको दाबी: इरानले अहिलेसम्म ८१ हजार प्रदर्शनकारी मारेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो एक हप्तामा एक वर्षकै सबैभन्दा धेरै आक्रमणकारी ड्रोन र क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दाबी गरेका छन्।
नेपाल भारतबाट के चाहन्छ र बालेन शाह कति सफल होलान्?

नेपाल भारतबाट के चाहन्छ र बालेन शाह कति सफल होलान्?

नेपालका प्रधानमन्त्री बालेन शाह करिब २५ घण्टाको भारत भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ। समय छोटो देखिए पनि विज्ञहरूले यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानेका छन्।
अपी हिमालः जहाँ प्रकृति बोल्छ

अपी हिमालः जहाँ प्रकृति बोल्छ

चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको...

भर्खरै