नेभिगेशन
समाज

हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

आर्थिक सहयोग, ऊर्जा, हवाई प्रवेशमार्ग र पूर्वाधार मुख्य चासो; प्रतिनिधिमण्डलस्तरीय वार्तापछि संयुक्त सम्बोधन र दिवाभोज

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हैदराबाद हाउसको निलगिरी हलमा सुरु भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आर्थिक तथा विकास साझेदारी र आपसी हितका विषयमा छलफल भइरहेको छ। त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।

Marvel
Extreme Energy

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन्। भारतीय पक्षबाट विदेशमन्त्री डा. एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन्।

दुई प्रधानमन्त्रीबीचको भेटपछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच छुट्टै वार्ता हुनेछ। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन्।

आर्थिक सहयोग र विकास साझेदारीमा चासो

प्रधानमन्त्री शाहको भ्रमणमा बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक सहयोग, ऊर्जा, व्यापार, हवाई प्रवेशमार्ग र पूर्वाधार विकास प्रमुख चासोका विषय छन्।

नेपालले गत भदौमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोगको अपेक्षा गरेको छ। भारतीय सञ्चारमाध्यमले नेपालले करिब दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग प्याकेज प्रस्ताव गरेको र त्यसमा अनुदान तथा सहुलियतपूर्ण ऋणको विषय रहेको उल्लेख गरेका छन्।

त्यस्तै, नेपालको अन्तर्राष्ट्रिय उडान विस्तारका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने, जलविद्युत् उत्पादन तथा विद्युत् निर्यात बढाउने र दुई देशबीचको व्यापार तथा पारवहन सहजीकरण गर्ने विषय पनि छलफलमा रहने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा अयोध्या र जनकपुरधाम जोड्ने रेल सेवासहित केही विकास आयोजना संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। दुई देशबीच दीर्घकालीन आर्थिक तथा विकास सहकार्यको खाका अघि बढाउने विषयले पनि भेटवार्तामा महत्व पाउनेछ।

राष्ट्रपति मुर्मुसँग पनि भेट

प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि भ्रमणका औपचारिक कार्यक्रम पूरा गरी उनी स्वदेश फर्कनेछन्।

यसअघि आज बिहान राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीले उनलाई स्वागत गरेका थिए। सम्मान गारत ग्रहण गरेपछि शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका थिए।

प्रधानमन्त्री शाहको यो पहिलो भारत राजकीय भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भएको भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्धलाई नयाँ चरणमा अघि बढाउने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अहिले हैदराबाद हाउसमा अहिले भेटवार्ता भइरहेको छ। दुई पक्षीय छलफलमा हवाई रूटका विषयमा ब्रेक थ्रु हुने नेपाली...
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका समकक्षी बालेन्द्र शाहबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ।
अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतको उत्तर प्रदेशस्थित अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयु–कमला एक्सप्रेस’ को सुरुवातले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ...
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार नयाँदिल्लीस्थित राजघाटमा पुगी महात्मा गान्धीप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।