नेभिगेशन
समाज

बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अहिले हैदराबाद हाउसमा अहिले भेटवार्ता भइरहेको छ। दुई पक्षीय छलफलमा हवाई रूटका विषयमा ब्रेक थ्रु हुने नेपाली पक्षले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रमणमा सहभागी एक उच्चस्तरीय अधिकारीका अनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रूट दिन भारत राजी देखिएको छ। यी रूट नेपालले पाउँदा अन्तर्राष्ट्रिय उड्डयन विस्तार गर्न नेपाललाई सहज हुनेछ।

Marvel
Extreme Energy

त्यस्तै, कञ्चनपुरस्थित महेन्द्रनगरबाट ३९ हजार माथि उड्ने गरी हवाई रूट दिन पनि भारतीय पक्ष राजी भएको छ। 

नेपालले लामो समयदेखि माग्दै आएको जनकपुरतर्फको हवाई रूटका लागि पनि भारत सहमत देखिएको छ।

यसअघिका प्रधानमन्त्रीहरूको भ्रमणमा यी विषय उठ्ने गरेको भए पनि भारतीय पक्षले आनाकानी गर्दै आएको थियो।

प्रधानमन्त्री बालेन शाहको भ्रमणका क्रममा अयोध्या र जनकपुरधाम जोड्ने रेल सेवा उद्घाटन हुँदैछ। भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शाहले दुवै धार्मिक तथा सांस्कृतिक महत्वका सहर जोड्ने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ।

‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ। भगवान् रामको जन्मस्थल मानिने अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधाम जोड्ने यो सेवाले धार्मिक पर्यटन, तीर्थयात्रा र दुई देशका नागरिकबीचको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

रेल सेवाले भारत र नेपालबीचको धार्मिक पर्यटन प्रवद्र्धन, जनस्तरको सम्बन्ध विस्तार तथा सीमापार आवागमनमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवस्तरीय समिति बन्ने समझदारी हुन लागेको पनि नेपाली पक्षले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका समकक्षी बालेन्द्र शाहबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ।
अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतको उत्तर प्रदेशस्थित अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयु–कमला एक्सप्रेस’ को सुरुवातले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ...
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार नयाँदिल्लीस्थित राजघाटमा पुगी महात्मा गान्धीप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर'

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा विशेष समारोहका गार्ड अफ अनर प्रदान गरिएको छ।

भर्खरै