नेभिगेशन
समाज

नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

नदी जोगाउन प्रकृतिमैत्री योजना, बाढीको पूर्वसूचना बलियो बनाइने

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'काठमाडौँ जलवायु कार्य सप्ताह' लाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का सांसदसमेत रहनुभएका श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजनाहरू सार्वजनिक गरेका हुन्।

Marvel
Extreme Energy

सम्बोधनका क्रममा श्रेष्ठले आफ्नो बाल्यकाल स्मरण गर्दै विष्णुमती र बागमती नदीको सफा पानी पिएको, नुहाएको र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको चिरबिरबीच हुर्किएको अनुभव सुनाए। तर, आफ्नै जीवनकालमा ती नदीहरू प्रदूषित र सङ्कटग्रस्त बन्दै गएको देख्दा आफू निकै भावुक हुने गरेको उनले बताए। पछिल्ला केही दशकमा जथाभाबी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको, धुलो-धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदा कालो हुँदै गएको र वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम भयावह बनेको उनले उल्लेख गरे।

जलवायु परिवर्तनले संकट अझ थपेको बताउँदै श्रेष्ठले मात्र ४६ दिनको अवधिमा तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए। तीव्र गतिमा सहरीकरण भइरहेका देशका अन्य नगरपालिकाहरूलाई काठमाडौँको गल्तीबाट पाठ सिकेर बेलैमा नदी, पोखरी र खुला जमिन जोगाउन उनले आग्रह गरे। साथै, पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकोमा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूको उनले प्रशंसा गरे।

सम्बोधनमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले सरकारका तर्फबाट मुख्य प्रतिबद्धता र योजनाहरू पनि सुनाए। उनकाअनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली बनाइनेछ। बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गरिनेछ। साथै, झुन्डिएका हिमचट्टान र पग्लिँदो हिमनदीको अनुगमनमा विज्ञ, वैज्ञानिक, अभियन्ता र युवाहरूलाई जोडिनेछ।

यसैगरी प्रकृतिमा आधारित नदी संरक्षण गरिनेछ। नदीलाई कडा कङ्क्रिटको पर्खालभित्र थुन्नुको साटो प्राकृतिक रूपमै फैलिन र खुम्चिन दिइनेछ। विष्णुद्वार र वाग्द्वारका मुहान तथा नागार्जुन र गोदावरी क्षेत्र जोगाइनेछ। नदीले प्रशासनिक सिमाना नचिन्ने भएकाले जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौँ महानगर तथा नदी प्रणालीसँग जोडिएका वरपरका १७ वटा नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्नेछन्।

यसैगरी सहर शीतल बनाउने र भूमिगत पानी पुनर्भरण गरिनेछ । घर-घरमा आकाशे पानी सङ्कलन, पानी सोस्ने पैदलमार्ग, खुला ठाउँ र मुख्य सडक किनारमा रैथाने रूख रोप्ने कार्यका लागि महानगरले स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ।

यसैगरी वायु प्रदूषण नियन्त्रण गरिनेछ। राष्ट्रिय निर्धारित योगदानअनुरूप विद्युतीय सार्वजनिक यातायात, स्वच्छ इँटाभट्टा र फोहोर दहन नियन्त्रणमा जोड दिइनेछ। वायु गुणस्तरको तथ्याङ्क नागरिकका लागि खुला राखिनेछ र जाडो तथा तुवाँलो सुरु हुनुअगावै (अक्टोबरअघि नै) प्रदूषण नियन्त्रणका तयारी पूरा गरिनेछ।

यसैगरी फोहोरबाट ऊर्जा र जलवायु वित्त परिचालन गरिनेछ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरबीच भएको समझदारी तथा टेकु बायोग्यास प्लान्टलाई छिटो सञ्चालनमा ल्याउन घरबाटै फोहोर वर्गीकरण गर्न आह्वान गरिएको छ। साथै, 'जलवायु वित्त शिखर सम्मेलन' मार्फत हरित बन्ड र जलवायु कोष भित्र्याउन नगर विकास कोषसँग मिलेर काम गरिने मन्त्री श्रेष्ठले बताए। भोटेकोशीको विपद्पछि पुनर्लाभका लागि छिटो परिचालन हुने कोषको आवश्यकता महसुस गरिएको उनले बताए।

नवीन प्रविधिमा युवाहरूको सक्रियताको प्रशंसा गर्दै श्रेष्ठले कक्षा १२ का विद्यार्थीहरूले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउने सञ्चार प्रणाली बनाएको उदाहरण दिए। युवाहरूको प्रविधि र ज्येष्ठ नागरिकहरूको परम्परागत जलप्रणालीको ज्ञानलाई जोडेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

जलवायु न्यायको प्रसङ्ग उठाउँदै श्रेष्ठले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि हिमनदी पग्लिने र बाढी-पहिरोको मार नेपालीले भोग्नुपरेको बताए। नदी किनारका बासिन्दासँगै बोल्न नसक्ने नदी, मुहान, रूख, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान जोगाउनु नै साँचो न्याय भएको उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा श्रेष्ठले रूखै-रूखले भरिएका शीतल सडक, १५ मिनेटमै हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन र चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती-विष्णुमती करिडोर, काठमाडौँ वरीपरीका जंगल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलनको परिकल्पना प्रस्तुत गरे। 

पार्कमा बुवा-आमा ढुक्कले घाम ताप्ने, चोकमा बालबालिका सुरक्षित खेल्ने र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्रहरू फस्टाउने सुन्दर काठमाडौँ सबै मिलेर निर्माण गर्न उनले आह्वान गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले मोदीलाई के उपहार दिए ?

बालेनले मोदीलाई के उपहार दिए ?

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्ताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच उपहार आदानप्रदान भएको छ।
जीवाश्म इन्धनको विवादले कोप–३१ मा साझा निर्णय हुन सकेन

जीवाश्म इन्धनको विवादले कोप–३१ मा साझा निर्णय हुन सकेन

कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनबाट संक्रमण गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा साझा राजनीतिक निर्णय पारित हुन सकेन।
हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा मोदी र बालेनबीच भेटवार्ता जारी

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भइरहेको छ।
बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

बालेनको भारत भ्रमण– केके विषयमा हुँदैछ समझदारी ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अहिले हैदराबाद हाउसमा अहिले भेटवार्ता भइरहेको छ। दुई पक्षीय छलफलमा हवाई रूटका विषयमा ब्रेक थ्रु हुने नेपाली...