नेभिगेशन
समाज

मोदी र बालेनले दिल्लीबाट गरे उद्घाटन, अयोध्याबाट जनकपुरका लागि छुट्यो रेल

काठमाडौँ । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने सिधा रेल सेवा सोमबारदेखि सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा ‘सरयू–कमला एक्सप्रेस’को उद्घाटन गरे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको उत्तर प्रदेशस्थित अयोध्यालाई भगवान् रामको जन्मस्थल र नेपालको जनकपुरधामलाई माता सीताको जन्मस्थलका रूपमा मानिन्छ। रामायण परम्परासँग जोडिएका यी दुई धार्मिक सहरलाई रेलमार्गले जोड्ने भारतको यो पहललाई दुई देशबीचको सांस्कृतिक सम्बन्ध र धार्मिक पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गरिएको छ।

Marvel
Extreme Energy

दिल्लीबाट दुई प्रधानमन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेपछि अयोध्याबाट जनकपुरधामका लागि विशेष रेल छुटेको छ। उद्घाटन यात्राका लागि अयोध्या धाम स्टेसनबाट छुटेको रेल मंगलबार बिहान जनकपुरधाम पुग्नेछ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेलमन्त्री अश्विनी वैष्णव अयोध्यामा आयोजित उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। 

भारतीय रेल मन्त्रालयले नोभेम्बर १४ मा जनकपुरधाम र अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको थियो। करिब ६०४ किलोमिटर दूरीको यो रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ। नियमित यात्रु सेवा भने नोभेम्बर २८ देखि सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

नियमित सञ्चालनको तालिकाअनुसार रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ। यो मंगलबार नेपाली समयअनुसार दिउँसो १२:४० बजे जनकपुरधाम पुग्नेछ। फर्किंदा रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। 

रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी गर्नेछ। १७ डिब्बा रहने रेलमा शयनयान र वातानुकूलित श्रेणीका डिब्बासमेत रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भारतका लागि यो सेवा धार्मिक यात्रु र पर्यटकलाई लक्षित गर्दै सीमापार रेल सम्पर्क विस्तार गर्ने प्रयास पनि हो। अयोध्या आउने भारतीय तथा विदेशी तीर्थयात्रीलाई जनकपुरधामसम्म पुग्न सहज हुने र जनकपुर आउने यात्रुलाई अयोध्या जान प्रत्यक्ष रेल सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले रेलमार्गका बीचमा पर्ने बिहार र उत्तर प्रदेशका सहरमा समेत पर्यटन तथा व्यापारिक गतिविधि बढाउन सक्ने भारतीय पक्षको अपेक्षा छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

नेपाल र भारतलाई महाकाली नदीमाथि जोड्ने ११० मिटर लामो मोटरेबल पुल सोमबारदेखि सञ्चालनका लागि तयार भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा...