नेभिगेशन
समाज

भारतसँग भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छः बालेन

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि आज हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकारसम्मेलनमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिए ।

Marvel
Extreme Energy

उनले भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह, प्रेम र सद्भाव लिएर आफू भारत भ्रमणमा आएको उल्लेख गर्दै  मैत्रिपूर्ण निमन्त्रणा र न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे ।

पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका मूल आधार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अतुलनीय र अपरिमित यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको तथा यस्तो आत्मीय निकटतालाई शब्दमा सीमित गर्न नसकिने उनको भनाइ थियो ।

विश्वसनीय छिमेकीका रूपमा भारतले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा अग्रपङ्क्तिमा रहेर नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै उनले त्यसका लागि भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गरे ।

द्विपक्षीय सहकार्य र विकास साझेदारी

प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयानुकूल बनाउने उद्देश्यले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल भएको प्रधानमन्त्री शाहले जानकारी दिए ।

वार्ताका क्रममा नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन र शिलान्यास भएको उनले बताए ।

आज भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्ने, युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्ने, विद्यार्थीका सपनामा नयाँ सम्भावना विस्तार हुनुपर्ने तथा उद्यमीले नयाँ बजार, लगानी र व्यावसायिक विस्तारका अवसर प्राप्त गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए । 

यी उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले चिरस्थायी सम्बन्धको बलियो जगमा भविष्यका लागि थप मजबुत आधार निर्माण गर्नु आजको आवश्यकता भएको बताए । 

जलवायु परिवर्तन र सांस्कृतिक सम्बन्ध

हिमालयबाट प्राप्त स्वच्छ जलस्रोतले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले हाम्रा हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको साझा भविष्य र गन्तव्यलाई जोडेको बताए । जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए । 

नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा गाँसिएको उल्लेख गर्दै उनले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरिएको जानकारी दिए । 

पुर्खाले स्थापित गरेको बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उनको भनाइ थियो । यसले नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने प्रधानमन्त्री शाहले विश्वास व्यक्त गरे ।

लगानी, शिक्षा र हवाई सम्पर्क विस्तार

प्रधानमन्त्री शाहले साझा आर्थिक समुन्नतिमा साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गरे । आगामी दिनमा नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने र दुवै देशका नागरिकको सहज आवागमनका लागि दुवैतर्फका सहरहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए । 

दुवै देशको समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उद्देश्यसहित तयार पारिएको साझा दृष्टिपत्र तथा दुई देशका साझा उपलब्धि समेटिएको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिने पनि प्रधानमन्त्री शाहले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छः मन्त्री रावल

निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउने कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले  राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा...
जिपको ढोका खुलेर खस्दा ५८ वर्षीय योञ्जनको मृत्यु

जिपको ढोका खुलेर खस्दा ५८ वर्षीय योञ्जनको मृत्यु

सिन्धुलीमा गुडिरहेको बोलेरो जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।
बालेनको तारिफ गर्दै मोदीले भने–विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो

बालेनको तारिफ गर्दै मोदीले भने–विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो

“केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो । आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट...
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको  शिलान्यास

नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ६७ करोड रहेको छ ।...

भर्खरै