नेभिगेशन
समाज

रुपाताल संरक्षण परियोजना यसै वर्ष सक्न ऊर्जामन्त्रीको निर्देशन

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कास्कीको रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परियोजनाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले निर्माण कार्यलाई तीव्रता दिन कर्मचारी तथा निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्। उनले परियोजना समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए।

Marvel
Extreme Energy

परियोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जानकारी गराएको छ।

मन्त्री श्रेष्ठले पर्यापर्यटनका दृष्टिले महत्त्वपूर्ण रहेको रुपाताल संरक्षण परियोजना सफल भए अन्य तालमा पनि यस्तै प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने बताए। उनले परियोजनाको काममा ढिलाइ हुन नदिन मन्त्रालयले आवश्यक सहयोग गर्ने उल्लेख गरे।

कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ। यो अनुमानित लागतको ६५.४८ प्रतिशत हो।

आर्थिक वर्ष २०७३/७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो। पोखरा महानगरपालिकाका वडा नं. ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको मुख्य उद्देश्य रुपाताल संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धन गर्नु हो।

परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध, स्पिलवे तथा पुल निर्माण, तालमा थुप्रिएको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्यापर्यटन बगैँचा, कृत्रिम टापु तथा मन्दिर निर्माणलगायतका संरचना प्रस्ताव गरिएको छ।

अहिले बाँध तथा स्पिलवे निर्माणको काम भइरहेको छ। २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काममा हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ। स्पिलवे कम ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ भने मुख्य बाँध र कार्यालय भवन निर्माणको काम पनि जारी रहेको आयोजनाले जनाएको छ।

तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ। तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको काम पनि भइरहेको छ। ३९ करोड ६७ लाख रुपैयाँ लागतको उक्त कामको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। हालसम्म पाँच लाख दुई हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ।

आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेकड्याम निर्माण सम्पन्न भएका छन्। दुईवटा पक्की पुलमध्ये एउटा निर्माण सकिएको छ। त्यस्तै, आठ किलोमिटर नदी नियन्त्रण गर्ने लक्ष्य रहेकामा हालसम्म छ किलोमिटर तटबन्ध निर्माण भएको छ।

परियोजनाका संरचना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि भइरहेको छ। स्वीकृत डीपीआरअनुसार एक हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि आयोजनाको तत्कालीन आवश्यकता एक हजार २०० रोपनी रहेको छ। हालसम्म एक हजार ३४ कित्ताको एक हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ।

जग्गा अधिग्रहणका क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको छ। मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब एक अर्ब ३० करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

परियोजनाका लागि कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको छ। इको फुटट्रेल निर्माणमा भने वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषय चुनौतीका रूपमा रहेको छ।

यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट पाएको छ। आयोजना प्रमुख कृष्णप्रसाद डुम्राकोटीका अनुसार जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकास यस वर्षका प्रमुख कार्यक्रम हुन्।

आयोजनाको कार्यक्षेत्र कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ। आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारी गरिएको डुम्राकोटीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनममाथि दबाब र धम्कीको आरोपबारे छानबिन गर्न विश्वप्रकाशले गरे माग

इनममाथि दबाब र धम्कीको आरोपबारे छानबिन गर्न विश्वप्रकाशले गरे माग

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन्।
दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ।
धान फल्ने खेतमा सुन्तलाका बगैँचा, किसानको आम्दानी लाखौँमा

धान फल्ने खेतमा सुन्तलाका बगैँचा, किसानको आम्दानी लाखौँमा

कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
बाजुरामा ट्याक्टर ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरामा ट्याक्टर ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु, पाँच घाइते

बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।