नेभिगेशन
समाज

बाजुरामा ट्याक्टर ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार साँझ पिलुचौर बजारबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको हो।

Marvel
Extreme Energy

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका अन्दाजी ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा ट्याक्टर चालकसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय चालक नवीन बोहरा, जगन्नाथ–३ मनिकाँडाका ४० वर्षीय बिउरा ओड, २२ वर्षीया सङ्गीता शाही, ४५ वर्षीया सिद्धा ओड र ५२ वर्षीया रामसरादेवी सिंह छन्।

घाइते पाँचै जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धान फल्ने खेतमा सुन्तलाका बगैँचा, किसानको आम्दानी लाखौँमा

धान फल्ने खेतमा सुन्तलाका बगैँचा, किसानको आम्दानी लाखौँमा

कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिने

कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिने

कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी नेपाल नेत्रज्योति सङ्घले १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गर्ने भएको छ।