नेभिगेशन
समाज

रास्वपाको क्यान्डिडेट क्लब समिति बन्यो ६ सदस्यीय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी छन्। समितिका सदस्यमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल रहेका छन्। 

Marvel
Extreme Energy

समितिको शुक्रबार बसेको बैठकमा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको समिति संयोजक बुर्लाकोटीले जानकारी दिए।

बैठकले उम्मेदवारका आकांक्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल गरेको छ।

त्यस्तै, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ‘ल्याटरल इन्ट्री’ आवेदन फारम तयार गर्ने र उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष तथा विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम र प्रक्रिया तयार गर्ने विषयमा पनि छलफल भएको बुर्लाकोटीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाजुरामा ट्याक्टर ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरामा ट्याक्टर ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु, पाँच घाइते

बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिने

कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिने

कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी नेपाल नेत्रज्योति सङ्घले १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गर्ने भएको छ।
स्याउ बेचेर हुम्लाका किसानले ८ करोड कमाए

स्याउ बेचेर हुम्लाका किसानले ८ करोड कमाए

हुम्लाका किसानले यस वर्ष स्याउ बिक्रीबाट आठ करोड २६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।