नेभिगेशन
समाज

कर्णालीका १० जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गरिने

सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी नेपाल नेत्रज्योति सङ्घले १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान उपचार सेवा विस्तार गर्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घले विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगको सहकार्यमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्न लागेको हो। परियोजनाको आइतबार सुर्खेतमा शुभारम्भ गरिने सङ्घले जनाएको छ।

Marvel
Extreme Energy

परियोजनाअन्तर्गत दोस्रो चरणमा तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, पाँच हजारभन्दा बढी बिरामीको निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम व्यवस्थापक दीपक जोशीले जानकारी दिए।

विद्यालयमा आधारित आँखा जाँच कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ। समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि, समयमै रोग पहिचान, उपचार तथा थप विशेषज्ञ सेवाका लागि रेफरल प्रणाली प्रभावकारी बनाउने कार्यक्रमको लक्ष्य छ।

कर्णालीमा आँखा तथा श्रवण स्वास्थ्य सेवाको आवश्यकता उच्च रहेको विभिन्न अध्ययनले देखाएका छन्। नेपाल नेत्रज्योति सङ्घले सन् २०२५ मा सुर्खेत र सल्यानका एक हजार ९४६ जनामा गरेको अध्ययनमा ३८.९ प्रतिशतमा कुनै न कुनै प्रकारको श्रवण समस्या पाइएको थियो। तीमध्ये १५.९ प्रतिशतमा अशक्तता निम्त्याउन सक्ने स्तरको श्रवण ह्रास देखिएको थियो।

त्यस्तै, सन् २०१९ मा गरिएको ‘¥यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस’ सर्वेक्षणले कर्णालीमा ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनको अवस्था करिब एक प्रतिशत रहेको देखाएको थियो।

भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार, आर्थिक कठिनाइ र विशेषज्ञ सेवाको अभावका कारण कर्णालीका नागरिकलाई आँखा तथा कान उपचारमा कठिनाइ हुँदै आएको छ।

सङ्घले यसअघि सन् २०२० देखि २०२५ सम्म सिबिएमसँगको सहकार्यमा कर्णालीमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रमबाट सात हजारभन्दा बढी आँखा तथा कानसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो।

सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले अघिल्लो कार्यक्रमबाट प्राप्त अनुभव र उपलब्धिलाई संस्थागत गर्दै यसपटक थप प्रभावकारी र बृहत् रूपमा सेवा विस्तार गर्न लागिएको बताए।

उनका अनुसार ‘सम्भव जीवन’ परियोजनाले उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण, अपाङ्गतामैत्री स्वास्थ्य सेवा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सङ्घका महासचिव भरतबहादुर चन्दले आर्थिक अभाव र भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी घरदैलो नजिकै विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गरिने बताए।

परियोजनाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच र समावेशितालाई प्राथमिकता दिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्याउ बेचेर हुम्लाका किसानले ८ करोड कमाए

स्याउ बेचेर हुम्लाका किसानले ८ करोड कमाए

हुम्लाका किसानले यस वर्ष स्याउ बिक्रीबाट आठ करोड २६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।
नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ।
एलपी ग्यास आपूर्ति बढ्यो, एकै दिन १६१ बुलेट लोडिङ

एलपी ग्यास आपूर्ति बढ्यो, एकै दिन १६१ बुलेट लोडिङ

खाना पकाउने एलपी ग्यासको आपूर्ति बढाउन सरकारले गरेको पहलपछि एकै दिन १६१ बुलेट ग्यास लोडिङ भएको छ।