नेभिगेशन
पूर्वाधार

१५ वर्षदेखि कथा बनेको कमला पुल निर्माणको अन्तिम चरणमा

सिरहा। २०६८ जेठ ३१ गते। सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल शिलान्यास गरिएको थियो। दक्षिणी मधेसको मुहार फेर्ने अभिलासा बोकेको यस पुल आफै थला बसेसरह भयो। आयोजना दिनानुदिन रूग्ण बन्दै गयो। पुल नबनेपछि स्थानीयले पनि खुब सास्ती पाए। डुंगामा वारपार गर्नुपर्ने बाध्यता हटेन। कतिपय त नदीमा हेलिएरै वारपार गर्थे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तत्कालीन समयमा यस पुलको ठेक्का सम्झौता पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँ लागतमा भएको थियो। आयोजना ४२ महिना (२०७१ मंसिर ३०) भित्र निर्माण सक्ने सम्झौता पनि भएको थियो।

Marvel
Extreme Energy

तोकिएको अवधिमा निर्माण पूरा भएन। पटकपटक म्याद थपियो। अवधि गुज्रिँदै गएका बेला २०७८ असार १७ गते आएको बाढीले पुलको पिलर (जग) भासियो। ४ वटा स्ल्याबमा गम्भीर क्षति पुग्यो।
यसरी थला बसेको आयोजना अब पूरा हुने तरखरमा छ।

आगामी पुस पहिलो सातादेखि हलुका सवारीसाधन, मोटरसाइकल र पैदलयात्रीका लागि पुल खुला गर्ने तयारी भइरहेको हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख इन्जिनियर कृष्ण महतोले जानकारी दिए। 

मंसिरको पहिलो साताभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि एप्रोच सडक निर्माण, पुलमाथि वियरिङ कोर्स बिछ्याउने, रेलिङ जडान तथा रङरोगनको काम बाँकी रहेपछि सञ्चालन मिति पछि सारिएको हो। 
हाल पुलको पूर्व र पश्चिमतर्फको सडक जोड्न माटो पुर्ने कामसमेत भइरहेको छ।

Kamala-Bridge--4861-1795781528.jpg

Kamala-Bridge--4857-1795781528.jpg

Kamala-Bridge--4863-1795781528.jpg

Kamala-Bridge--4860-1795781527.jpg

Kamala-Bridge--4858-1795781527.jpg

Kamala-Bridge--4865-1795781527.jpg

Kamala-Bridge--4867-1795781527.jpg

Kamala-Bridge--4864-1795781527.jpg

Kamala-Bridge--4859-1795781527.jpg

Kamala-Bridge--4866-1795781526.jpg

Kamala-Bridge--4862-1795781526.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
तिहारयता प्रधानमन्त्री कार्यालयका यी १५ काम

तिहारयता प्रधानमन्त्री कार्यालयका यी १५ काम

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको तिहार तथा छठ पर्वयताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट विभिन्न काम अघि बढाइएको छ।
मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

नेकपा (एमाले)की सचिव पदमा अर्यालले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्।
ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ।
करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तयार गरिएको बताएकी छन्।