नेभिगेशन
समाज

ईपीजी प्रतिवेदन बुझ्न मोदीबाट समय पाउने विश्वास छ– परराष्ट्र सचिव

काठमाडौं।  परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदनका विषयमा दुवै पक्षको सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुने अपेक्षा रहेको जानकारी दिए। 

Marvel
Extreme Energy

उक्त विषय पनि नयाँ म्यान्डेट र दृष्टिकोणअनुसार अघि बढ्ने विश्वास रहेको उनको भनाइ छ । 

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले भने ईपीजी प्रतिवेदन अव सान्दर्भिक नरहेको प्रतिक्रिया दिइसकेको छ। 

प्रवक्ता पौडेलले सीमासम्बन्धी विषय जोइन्ट भिजन डकुमेन्टमा समेटिएको, संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारको कार्य उल्लेख गरिएकाले परराष्ट्र र भारतीय विदेश सचिवस्तरीय बैठकमार्फत कूटनीतिक समाधान खोजिने बताए।  

त्यस्तै उनले साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणमा घाइते चार नेपाली नागरिकमध्ये रियादस्थित अस्पतालमा उपचारका क्रममा एक जनाको निधन भएको जानकारी दिए। 

निधन भएका व्यक्तिको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिएको उनको भनाइ थियो।

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको र समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा कूटनीतिक माध्यमबाट हुनुपर्नेमा मन्त्रालयको स्पष्ट जोड रहेको उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

मनी, मसल र मिडियाको प्रभावमा परेर चुनाव निष्पक्ष नहुँदा पनि आयोगले सदर गर्‍यो– अर्याल

नेकपा (एमाले)की सचिव पदमा अर्यालले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्।
करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तयार गरिएको बताएकी छन्।
राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा के भयो छलफल ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल तथा समीक्षा भएको छ।
धनुषाधामका मुसहर बस्ती पुगेर मन्त्री रावलले सुनिन् भूमिहीनका समस्या

धनुषाधामका मुसहर बस्ती पुगेर मन्त्री रावलले सुनिन् भूमिहीनका समस्या

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले धनुषाधाम नगरपालिका–१ र २ का मुसहर बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन्।